Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बैतडीको झुलाघाट नाकाबाट २ दिनमा २ हजार बढीकोआवतजावत

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ ७, बैतडी ।</b> बैतडीको झुलाघाट नाकाबाट २ दिनमा २ हजार बढीले आवतजावत गरेका छन् । भारतसंग सीमा जोडिएको झुलाघाट नाकाबाट दुई दिनामा २ हजार बढी नागरिकले आवतजावत गरेका हुन् । जिल्ला प्रशासन कार्यालय बैतडी र भारतको पिथौरागढ प्रशासनको संयुक्त समन्वयमा सोमबार र मंगलबार गरी दुई दिन नाका खुला गरिएको थियो ।<br></p><p>दुईदिनको अवधिमा १ सय ९३ जनाले पेन्सन बुझेका छन् भने १ सय ३० जना रोजगारीका लागि भारत गएका छन् । यस्तै दुई दिनको अवधिमा ६० जना भारतबाट नेपाल आएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।</p><p>दुई दिनको अवधिमा सीमा नाकाबाट १ हजार ५ सय ७५ जनाले आवत जावत गरेका बताइएको छ । कोरोना भाईरसको महामारीका कारण गएको चैतदेखि बन्द रहेको सीमा नाका बेला बेलामा दुवै देशका स्थानीय प्रशासनको समन्वयमा खुला गर्ने गरिएको छ ।</p>