साउन २०, बैतडी । तीन छोराछोरीसहित बेपत्ता श्रीमती मृत अवस्थामा फेला परेपछि श्रीमान्लाई प्रहरीले पक्राउ गरेको छ । 

पाँच दिनदेखि बेपत्ता रहेकी गोमादेवी बोहरा मृत अवस्थामा भेटिएकी हुन् भने सँगै रहेका तीन छोराछोरीको अवस्था भने अझै अज्ञात छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, बैतडी । तीन छोराछोरीसहित बेपत्ता श्रीमती मृत अवस्थामा फेला परेपछि श्रीमान्लाई प्रहरीले पक्राउ गरेको छ । 

पाँच दिनदेखि बेपत्ता रहेकी गोमादेवी बोहरा मृत अवस्थामा भेटिएकी हुन् भने सँगै रहेका तीन छोराछोरीको अवस्था भने अझै अज्ञात छ "/>

2026-11-02 02:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा तीन सन्तानसहित बेपत्ता श्रीमती मृत फेला, श्रीमान् पक्राउ

साउन २०, बैतडी । तीन छोराछोरीसहित बेपत्ता श्रीमती मृत अवस्थामा फेला परेपछि श्रीमान्लाई प्रहरीले पक्राउ गरेको छ । 

पाँच दिनदेखि बेपत्ता रहेकी गोमादेवी बोहरा मृत अवस्थामा भेटिएकी हुन् भने सँगै रहेका तीन छोराछोरीको अवस्था भने अझै अज्ञात छ । 

गएको शनिबारदेखि बेपत्ता गोमादेवी स्थानीय सङ्घार खोलामा बुधबार मृत अवस्थामा फेला परेकी हुन् । 

गोमादेवी श्रीमान्सँग झगडा गरी शनिबार राति घरबाट छोराछोरीसहित निस्किएकी प्रहरी नायब उपरीक्षक चन्दले राससलाई जानकारी दिनुभयो । “मृतकका श्रीमान् जयमल बोहरालाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको छ,” प्रहरी नायब उपरीक्षक चन्दले भन्नुभयो – “मृतक महिलाको शव हेर्दा आत्महत्या गरेको जस्तो देखिन्छ ।” 

मृतकको शवलाई परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ र परीक्षणपछि थप कुरा थाहा हुनेछ । 

बेपत्ता तीन छोराछोरीको स्थानीय सङ्घार खोलामा खोजी कार्य भइरहेको प्रहरीले बताएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द