साउन २०, भक्तपुर । समाजसेवी महावीर पुन राष्ट्रिय आविष्कार केन्द्रको निर्माणमा सरकारले सहयोग नगरेपछि चन्दा सङ्कलनमा जुट्नुभएको छ । 

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा पुनले नेपालीको आर्थिक विकासलाई ध्यान दिँदै राष्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, भक्तपुर । समाजसेवी महावीर पुन राष्ट्रिय आविष्कार केन्द्रको निर्माणमा सरकारले सहयोग नगरेपछि चन्दा सङ्कलनमा जुट्नुभएको छ । 

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा पुनले नेपालीको आर्थिक विकासलाई ध्यान दिँदै राष्"/>

2026-11-01 11:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

राष्ट्रिय आविष्कार केन्द्र सञ्चालन गर्न चन्दा

साउन २०, भक्तपुर । समाजसेवी महावीर पुन राष्ट्रिय आविष्कार केन्द्रको निर्माणमा सरकारले सहयोग नगरेपछि चन्दा सङ्कलनमा जुट्नुभएको छ । 

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा पुनले नेपालीको आर्थिक विकासलाई ध्यान दिँदै राष्ट्रिय आविष्कार केन्द्र सञ्चालन गर्न अब चन्दाको विकल्प छैन भन्नुभयो । 

सरकारले नास्टमा कर्मचारीलाई तलब खुवाउने बाहेक अन्य काम नगरेको र विज्ञान मन्त्रालयले नेपालको विज्ञानका क्षेत्रमा कुनै परिवर्तन गर्न नसकेको उहाँको आरोप छ । पुनले भन्नुभयो, “जुनसुकै सरकारले पनि आश्वासन मात्रै दिए, सरकारले गर्नुपर्ने काम हामीले गर्न खोज्दा पनि बजेट नपाएपछि म र साथीहरु मिलेर पोखरामा किनेको २८ रोपनी जग्गा केन्द्रलाई दियौँ, अरु बजेट जुटाउन चन्दा खोज्दैछौँ ।” 

केन्द्र सञ्चालनका लागि सरकारसँग १० मेगावाट विद्युत्को माग गरिएको उहाँले बताउनुभयो । पुनले नेपालमा भएका सम्भावनाको खोजी गरेर त्यसलाई बजारसम्म ल्याउन केन्द्रले सहयोगी भूमिका खेल्नाका साथै केन्द्रमा पढेलेखेकाले मात्र नभएर ज्ञान र सीप भएकाले नेपालका लागि योगदान दिन सक्ने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द