साउन २०, भक्तपुर । समाजसेवी महावीर पुन राष्ट्रिय आविष्कार केन्द्रको निर्माणमा सरकारले सहयोग नगरेपछि चन्दा सङ्कलनमा जुट्नुभएको छ । 

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा पुनले नेपालीको आर्थिक विकासलाई ध्यान दिँदै राष्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, भक्तपुर । समाजसेवी महावीर पुन राष्ट्रिय आविष्कार केन्द्रको निर्माणमा सरकारले सहयोग नगरेपछि चन्दा सङ्कलनमा जुट्नुभएको छ । 

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा पुनले नेपालीको आर्थिक विकासलाई ध्यान दिँदै राष्"/>

2026-09-18 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

राष्ट्रिय आविष्कार केन्द्र सञ्चालन गर्न चन्दा

साउन २०, भक्तपुर । समाजसेवी महावीर पुन राष्ट्रिय आविष्कार केन्द्रको निर्माणमा सरकारले सहयोग नगरेपछि चन्दा सङ्कलनमा जुट्नुभएको छ । 

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा पुनले नेपालीको आर्थिक विकासलाई ध्यान दिँदै राष्ट्रिय आविष्कार केन्द्र सञ्चालन गर्न अब चन्दाको विकल्प छैन भन्नुभयो । 

सरकारले नास्टमा कर्मचारीलाई तलब खुवाउने बाहेक अन्य काम नगरेको र विज्ञान मन्त्रालयले नेपालको विज्ञानका क्षेत्रमा कुनै परिवर्तन गर्न नसकेको उहाँको आरोप छ । पुनले भन्नुभयो, “जुनसुकै सरकारले पनि आश्वासन मात्रै दिए, सरकारले गर्नुपर्ने काम हामीले गर्न खोज्दा पनि बजेट नपाएपछि म र साथीहरु मिलेर पोखरामा किनेको २८ रोपनी जग्गा केन्द्रलाई दियौँ, अरु बजेट जुटाउन चन्दा खोज्दैछौँ ।” 

केन्द्र सञ्चालनका लागि सरकारसँग १० मेगावाट विद्युत्को माग गरिएको उहाँले बताउनुभयो । पुनले नेपालमा भएका सम्भावनाको खोजी गरेर त्यसलाई बजारसम्म ल्याउन केन्द्रले सहयोगी भूमिका खेल्नाका साथै केन्द्रमा पढेलेखेकाले मात्र नभएर ज्ञान र सीप भएकाले नेपालका लागि योगदान दिन सक्ने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई