साउन २१, बैतडी | जिल्लामा कक्षा ३ मा पढ्ने ११.७ प्रतिशत विद्यार्थी अक्षर नचिन्ने रहेको खुलासा भएको छ । प्रारम्भिक तह पढाइ कार्यक्रमअन्तर्गत सफ्ट्वेयरका माध्यमबाट विद्यार्थीको सिकाइस्तर मापन गर्दा यस्तो तथ्याङ्क देखिएको हो । 

यसमा खास गरेर "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २१, बैतडी | जिल्लामा कक्षा ३ मा पढ्ने ११.७ प्रतिशत विद्यार्थी अक्षर नचिन्ने रहेको खुलासा भएको छ । प्रारम्भिक तह पढाइ कार्यक्रमअन्तर्गत सफ्ट्वेयरका माध्यमबाट विद्यार्थीको सिकाइस्तर मापन गर्दा यस्तो तथ्याङ्क देखिएको हो । 

यसमा खास गरेर "/>

2026-07-04 02:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

कक्षा ३ मा पढ्नेले अक्षर चिन्दैनन्

साउन २१, बैतडी | जिल्लामा कक्षा ३ मा पढ्ने ११.७ प्रतिशत विद्यार्थी अक्षर नचिन्ने रहेको खुलासा भएको छ । प्रारम्भिक तह पढाइ कार्यक्रमअन्तर्गत सफ्ट्वेयरका माध्यमबाट विद्यार्थीको सिकाइस्तर मापन गर्दा यस्तो तथ्याङ्क देखिएको हो । 

यसमा खास गरेर नेपाली विषयमा स्वर तथा व्यञ्जन अक्षरको सामान्य चिनारीका बारेमा विद्यार्थीको सिकाइको स्तर मापन गरिएको बताइएको छ । शिक्षाका लागि खाद्य कार्यक्रम सञ्चालन भएका ३६ ओटा गाविसका एक हजार २९१ विद्यार्थीको सिकाइस्तर मापन गर्दा ११.७ प्रतिशत विद्यार्थी अक्षर नचिन्ने फेला परेको विश्व शिक्षाका जिल्ला कार्यक्रम संयोजक पदम धामीले बताउनुभयो । 

कक्षा १ का ५६१, कक्षा २ का ३८८ र कक्षा ३ का ३४२ विद्यार्थीको सिकाइको स्तर मापन गरिएको उहाँले बताउनुभयो । कक्षा २ मा ३१.२ प्रतिशत विद्यार्थी अक्षर नचिन्ने रहेका छन् भने कक्षा १ मा ७९.५ प्रतिशत विद्यार्थी अक्षर नचिन्ने रहेको बताइएको छ । 

निरन्तर विद्यार्थी मूल्याङ्कनको महत्व नबुझ्नु, बालबालिकाको पढाइप्रति अभिभावकको ध्यान नजानु, कक्षाकोठाको कमजोर व्यवस्थापनका कारण विद्यार्थीको सिकाइ उपलब्धि कमजोर देखिएको हो । कक्षा ३ मा खरर्र अक्षर चिन्न सक्ने १४.७ प्रतिशत रहेका छन् भने अकमकिएर अक्षर चिन्न सक्ने ११.७ प्रतिशत रहेका छन् । 

यसैगरी, बिस्तारै अक्षर चिन्न सक्ने ६१.९ प्रतिशत परीक्षार्थी रहेको बताइएको छ । विद्यार्थीको सिकाइ उपलब्धि मापन गरिसकेपछि सिकाइ उपलब्धि बढाउनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएको र त्यसपछि मध्यावधि मूल्याङ्कन गरिने कार्यक्रम संयोजक धामीले जानकारी दिनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो