साउन २१, बैतडी | जिल्लामा कक्षा ३ मा पढ्ने ११.७ प्रतिशत विद्यार्थी अक्षर नचिन्ने रहेको खुलासा भएको छ । प्रारम्भिक तह पढाइ कार्यक्रमअन्तर्गत सफ्ट्वेयरका माध्यमबाट विद्यार्थीको सिकाइस्तर मापन गर्दा यस्तो तथ्याङ्क देखिएको हो । 

यसमा खास गरेर "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २१, बैतडी | जिल्लामा कक्षा ३ मा पढ्ने ११.७ प्रतिशत विद्यार्थी अक्षर नचिन्ने रहेको खुलासा भएको छ । प्रारम्भिक तह पढाइ कार्यक्रमअन्तर्गत सफ्ट्वेयरका माध्यमबाट विद्यार्थीको सिकाइस्तर मापन गर्दा यस्तो तथ्याङ्क देखिएको हो । 

यसमा खास गरेर "/>

2026-11-02 02:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

कक्षा ३ मा पढ्नेले अक्षर चिन्दैनन्

साउन २१, बैतडी | जिल्लामा कक्षा ३ मा पढ्ने ११.७ प्रतिशत विद्यार्थी अक्षर नचिन्ने रहेको खुलासा भएको छ । प्रारम्भिक तह पढाइ कार्यक्रमअन्तर्गत सफ्ट्वेयरका माध्यमबाट विद्यार्थीको सिकाइस्तर मापन गर्दा यस्तो तथ्याङ्क देखिएको हो । 

यसमा खास गरेर नेपाली विषयमा स्वर तथा व्यञ्जन अक्षरको सामान्य चिनारीका बारेमा विद्यार्थीको सिकाइको स्तर मापन गरिएको बताइएको छ । शिक्षाका लागि खाद्य कार्यक्रम सञ्चालन भएका ३६ ओटा गाविसका एक हजार २९१ विद्यार्थीको सिकाइस्तर मापन गर्दा ११.७ प्रतिशत विद्यार्थी अक्षर नचिन्ने फेला परेको विश्व शिक्षाका जिल्ला कार्यक्रम संयोजक पदम धामीले बताउनुभयो । 

कक्षा १ का ५६१, कक्षा २ का ३८८ र कक्षा ३ का ३४२ विद्यार्थीको सिकाइको स्तर मापन गरिएको उहाँले बताउनुभयो । कक्षा २ मा ३१.२ प्रतिशत विद्यार्थी अक्षर नचिन्ने रहेका छन् भने कक्षा १ मा ७९.५ प्रतिशत विद्यार्थी अक्षर नचिन्ने रहेको बताइएको छ । 

निरन्तर विद्यार्थी मूल्याङ्कनको महत्व नबुझ्नु, बालबालिकाको पढाइप्रति अभिभावकको ध्यान नजानु, कक्षाकोठाको कमजोर व्यवस्थापनका कारण विद्यार्थीको सिकाइ उपलब्धि कमजोर देखिएको हो । कक्षा ३ मा खरर्र अक्षर चिन्न सक्ने १४.७ प्रतिशत रहेका छन् भने अकमकिएर अक्षर चिन्न सक्ने ११.७ प्रतिशत रहेका छन् । 

यसैगरी, बिस्तारै अक्षर चिन्न सक्ने ६१.९ प्रतिशत परीक्षार्थी रहेको बताइएको छ । विद्यार्थीको सिकाइ उपलब्धि मापन गरिसकेपछि सिकाइ उपलब्धि बढाउनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएको र त्यसपछि मध्यावधि मूल्याङ्कन गरिने कार्यक्रम संयोजक धामीले जानकारी दिनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द