साउन २१, बैतडी । जिल्लामा कक्षा ३ मा पढ्ने ११।७ प्रतिशत विद्यार्थी अक्षर नचिन्ने रहेको खुलासा भएको छ । प्रारम्भिक तह पढाइ कार्यक्रमअन्तर्गत सफ्ट्वेयरका माध्यमबाट विद्यार्थीको सिकाइस्तर मापन गर्दा यस्तो तथ्याङ्क देखिएको हो । 

यसमा खास गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २१, बैतडी । जिल्लामा कक्षा ३ मा पढ्ने ११।७ प्रतिशत विद्यार्थी अक्षर नचिन्ने रहेको खुलासा भएको छ । प्रारम्भिक तह पढाइ कार्यक्रमअन्तर्गत सफ्ट्वेयरका माध्यमबाट विद्यार्थीको सिकाइस्तर मापन गर्दा यस्तो तथ्याङ्क देखिएको हो । 

यसमा खास गर"/>

2026-09-19 02:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा कक्षा ३ मा पढ्नेले अक्षर चिन्दैनन्

साउन २१, बैतडी । जिल्लामा कक्षा ३ मा पढ्ने ११।७ प्रतिशत विद्यार्थी अक्षर नचिन्ने रहेको खुलासा भएको छ । प्रारम्भिक तह पढाइ कार्यक्रमअन्तर्गत सफ्ट्वेयरका माध्यमबाट विद्यार्थीको सिकाइस्तर मापन गर्दा यस्तो तथ्याङ्क देखिएको हो । 

यसमा खास गरेर नेपाली विषयमा स्वर तथा व्यञ्जन अक्षरको सामान्य चिनारीका बारेमा विद्यार्थीको सिकाइको स्तर मापन गरिएको बताइएको छ । शिक्षाका लागि खाद्य कार्यक्रम सञ्चालन भएका ३६ ओटा गाविसका एक हजार २९१ विद्यार्थीको सिकाइस्तर मापन गर्दा ११।७ प्रतिशत विद्यार्थी अक्षर नचिन्ने फेला परेको विश्व शिक्षाका जिल्ला कार्यक्रम संयोजक पदम धामीले बताउनुभयो । 

कक्षा १ का ५६१, कक्षा २ का ३८८ र कक्षा ३ का ३४२ विद्यार्थीको सिकाइको स्तर मापन गरिएको उहाँले बताउनुभयो । कक्षा २ मा ३१।२ प्रतिशत विद्यार्थी अक्षर नचिन्ने रहेका छन् भने कक्षा १ मा ७९।५ प्रतिशत विद्यार्थी अक्षर नचिन्ने रहेको बताइएको छ । 

निरन्तर विद्यार्थी मूल्याङ्कनको महत्व नबुझ्नु, बालबालिकाको पढाइप्रति अभिभावकको ध्यान नजानु, कक्षाकोठाको कमजोर व्यवस्थापनका कारण विद्यार्थीको सिकाइ उपलब्धि कमजोर देखिएको हो । कक्षा ३ मा खरर्र अक्षर चिन्न सक्ने १४।७ प्रतिशत रहेका छन् भने अकमकिएर अक्षर चिन्न सक्ने ११।७ प्रतिशत रहेका छन् । 

यसैगरी, बिस्तारै अक्षर चिन्न सक्ने ६१।९ प्रतिशत परीक्षार्थी रहेको बताइएको छ । विद्यार्थीको सिकाइ उपलब्धि मापन गरिसकेपछि सिकाइ उपलब्धि बढाउनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएको र त्यसपछि मध्यावधि मूल्याङ्कन गरिने कार्यक्रम संयोजक धामीले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई