Skip to content
Friday, July 17, 2026 Nepali Online Media

ओरिया खोलामा अवैध उत्खनन

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

माघ २६, पर्सा । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं १ पिपलाडी बिसनपुर रहेको ओरिया खोलाबाट भारतीय पक्षले एकतर्फीरुपमा अवैध बालुवा उत्खनन गर्नेक्रम रोकिएको छैन । उसले वार्षिक सात करोड मूल्य बराबरको बालुवा लग्ने गरेको बताइएको छ ।

दैनिक एक हजारभन्दा बढी भारतीय  अबैध ट्र्याक्टररुपमा खोलामा पसेर जथाभावी बालुवा उत्खनन गर्दा वातावरणसमेत प्रभावित भएको स्थानीयवासीहरुको आरोप छ । खोला नजिकै  सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट र प्रहरी चौकीसमेत रहेको छ ।

विगत २० वर्षदेखि सो खोलाको स्वामित्वका बारेमा दुईदेशबीच विवाद रहेको र भारतीयले खोलाबाट बालुवा निकाल्नेक्रम नरोकिएको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ मन्सुरीले बताउनुभयो । उहाँले राससलाई भन्नुभयो, “विगत तीन वर्षदेखि भारतीयलाई खोलाबाट बालुवा निकाल्न रोक लगाएको भए पनि केही दिनयता भारतीयले सो खोलाबाट पुनःअवैधरुपमा बालुवा निकाल्न थालेको छ । ”

केही दिनअघि दुई  ट्र्याक्टर कब्जामा लिएको सशस्त्र प्रहरी निरीक्षक वसन्त जिसीले जानकारी दिनुभयो  । वारी पर्साको पिपडाडी गाउँ रहेको छ भने बारी भारतको भङ्गहा गाउँ रहेको छ र बीचबाट ओरिया खोला बगेको भए पनि भारतले आफ्नो क्षेत्रमा खोला रहेको भनी दाबी गर्दै ठेक्कासमेत लगाउने गरेको छ ।

प्रमुख जिल्ला अधिकारी आसमान तामाङले समस्याका बारेमा आफूलाई जानकारी भएको र चाँडै नै  अनुगमन गरी दोषी माथि कारवाही गरिने बताउनुभयो ।