२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

भागरथी हत्या प्रकरण : आरोपित दिनेशलाई पाँच दिन हिरासतमा राख्न अनुमति

२०७७, ५ फाल्गुन बुधबार १३:०१

फागुन ५ बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया किशोरी भागरथी भट्टलाई जबरजस्ती करणीपछि हत्या गरेको अभियोगमा पक्राउ परेका सोहि ठाउँका दिनेश भट्टलाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत बैतडीले अनुमति दिएको छ । 

जबरजस्ती करणीपछि हत्या गरेको अभियोगमा पक्राउ परेका दिनेशलाई अनुसन्धानका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले पाँच दिनको म्याद दिएको प्रहरीले जनाएको छ । उनलाई बुधबार जिल्ला प्रहरी कार्यालय बैतडीमा पत्रकार सम्मेलनमा गरी सार्वजनिक गरिएको थियो । 

गत माघ २१ गते सनातन मावि श्रीकोटमा अध्ययनको लागि गएकी भागरथी माघ २२ गते दिउँसो सोही ठाउँस्थित लडालेक भन्ने लबलेक जंगल सडक छेउमा मृत फेला परेकी थिइन् । उनको टाउकोमा चोट, घाँटीमा दबाए जस्तो डाम, खुट्टाको औंलामा निल डाम घाउ भेटिएको थियो ।

प्रहरीका अनुसार उक्त घटनाको सुक्ष्म अनुसन्धानको क्रममा सोही स्कुलमा अध्ययन गर्ने अभियुक्त अन्तिम कक्षा नपढी साथीहरुसँग खोचलेकतर्फ गएका थिए । साथीहरुलाई खोचलेक बजारमै छोडी आफू एक्लै खोचलेक बजारबाट चडेपानीस्थित आफ्नो घरतर्फ हिड्नेक्रममा भागरथीलाई मार्ने उद्देश्यले घटनास्थल माथि रहेको सडकमा कुरी बसेको बयान दिएको प्रहरीको दाबि छ । 

उनले दिएको बयान अनुसार भागरथी आई पुगेपछि सडक भन्दा तलतर्फ धकेली दिई हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ