सन्तोषकुमार गुप्ता । साउन २२,&n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । साउन २२,&n"/>
2026-11-02 01:47 AM
प्युठान - PTN

प्यूठानमा माईक्रोको ठक्करबाट ३ नेपाली सेना गम्भीर घाईते

सन्तोषकुमार गुप्ता । साउन २२, भालुवाङ | प्यूठानको दरर्भानमा माईक्रोको ठक्करबाट आज बिहान तीन जना नेपाली सेना गम्भीर घाईते भएका छन् ।

भैरवनाथ गण महाराजगञ्जबाट प्यूठानको खलङ्गा लागि पैदल हिडिरहेका नेपाली सेनालाई भालुवाङबाट प्यूठानको दर्भान जाँदै गरेको ना ३ ख ७०३३ नम्बरको माईक्रोले दरर्भान प्रहरी चौकीको चेक पोष्ट अगाडी ठक्कर दिंदा तीन जना नेपाली सेना गम्भीर घाईते भएका हुन् ।

 माईक्रो ठक्करबाट रापेछाप जिल्ला फलासी—३ का ३३ बर्षीय नेपाली सेनाका लेसनायक यज्ञप्रसाद पौडेल, धादिङ जिल्ला नौँबिसे—९ का ३५ बर्षीय सेनाका लेसनायक धनकुमार थापा र चितवन जिल्ला नेभौली—५ का २५ बर्षीय अञ्चन महतो गम्भीर घाईते हुनु भएको प्रहरी चौकी दरर्भान प्यूठानका प्रहरी नायव निरिक्षक गणेश गिरीले जानकारी दिनु भएको छ । गणका मेजर विकास बानियाको नेतृत्वमा १ सय २७ जना नेपाली सेनाको टोली प्यूठानको खलङ्गामा तालिमको लागि पैदल हिडिरहेको बेला माईक्रोले पछाडीबाट ठक्कर दिंदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

माईक्रोका सह—चालकले अत्याधिक मार्दकपदार्थ सेवन गरी गाडी चलाउँदा उक्त दुर्घटना भएको प्रहरी नायव निरिक्षक गिरीले जानकारी दिनु भयो । ठक्कर दिने गाडी र सह—चालकलाई प्रहरी चौकी दरर्भानले आफ्नो नियन्त्रणमा लिएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द