सन्तोषकुमार गुप्ता । साउन २२,&n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । साउन २२,&n"/>
2026-06-25 02:45 AM
प्युठान - PTN

प्यूठानमा माईक्रोको ठक्करबाट ३ नेपाली सेना गम्भीर घाईते

2016-08-06

सन्तोषकुमार गुप्ता । साउन २२, भालुवाङ | प्यूठानको दरर्भानमा माईक्रोको ठक्करबाट आज बिहान तीन जना नेपाली सेना गम्भीर घाईते भएका छन् ।

भैरवनाथ गण महाराजगञ्जबाट प्यूठानको खलङ्गा लागि पैदल हिडिरहेका नेपाली सेनालाई भालुवाङबाट प्यूठानको दर्भान जाँदै गरेको ना ३ ख ७०३३ नम्बरको माईक्रोले दरर्भान प्रहरी चौकीको चेक पोष्ट अगाडी ठक्कर दिंदा तीन जना नेपाली सेना गम्भीर घाईते भएका हुन् ।

 माईक्रो ठक्करबाट रापेछाप जिल्ला फलासी—३ का ३३ बर्षीय नेपाली सेनाका लेसनायक यज्ञप्रसाद पौडेल, धादिङ जिल्ला नौँबिसे—९ का ३५ बर्षीय सेनाका लेसनायक धनकुमार थापा र चितवन जिल्ला नेभौली—५ का २५ बर्षीय अञ्चन महतो गम्भीर घाईते हुनु भएको प्रहरी चौकी दरर्भान प्यूठानका प्रहरी नायव निरिक्षक गणेश गिरीले जानकारी दिनु भएको छ । गणका मेजर विकास बानियाको नेतृत्वमा १ सय २७ जना नेपाली सेनाको टोली प्यूठानको खलङ्गामा तालिमको लागि पैदल हिडिरहेको बेला माईक्रोले पछाडीबाट ठक्कर दिंदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

माईक्रोका सह—चालकले अत्याधिक मार्दकपदार्थ सेवन गरी गाडी चलाउँदा उक्त दुर्घटना भएको प्रहरी नायव निरिक्षक गिरीले जानकारी दिनु भयो । ठक्कर दिने गाडी र सह—चालकलाई प्रहरी चौकी दरर्भानले आफ्नो नियन्त्रणमा लिएको छ ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक