Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

छुट्टै गाउँपालिकाको माग गर्दै श्रीकोटका स्थानीयद्वारा यातायात ठप्प

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

नरी बडु/साउन २२, बैतडी ।स्थानीय निकाय पुर्नसंरचनामा आफ्नो क्षेत्रका गाविस समेटेर छुट्टै गाउपालिका बनाउन माग गर्दै श्रीकोट क्षेत्रका बासिन्दाले महाकाली राजमार्गको सतबाज गोकुलेश्वर सडकमा यातायात ठप्प पारेका छन् ।

श्रीकोट, श्रीकेदार, देउलेक, सित्तड, न्वाली, रीम, कटौजपानी, हटैराज समेटेर छुट्टै गाउपालिका बनाउनपर्ने माग राख्दै स्थानीयले यातायात ठप्प पारेका हुन ।

स्थानीय क्षेत्रका नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र आवद्ध जिल्ला स्तरीय कार्यकर्ताहरुले बिज्ञप्ती प्रकाशित गरी यातायात बन्दको घोषणा गरेका हुन । विज्ञप्तीमा नेपाली कांग्रेसको भातृ संगठन तरुणदलका जिल्ला अध्यक्ष समेत रहेका घनश्याम भट्ट, नेकपा एमाले जिल्ला कमिटिका उपसचिव समेत रहेका चक्र कार्की र माओवादी केन्द्रका जिल्ला सदस्य रहेका नवराज भट्टले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

शुक्रबार विज्ञप्ती जारी गर्दै पुर्नसंरचना कार्यदलद्धारा प्रस्तावित खाकाको विरोधमा शनिवार बिहानैदेखि यातायात अवरुद्ध गरेका हुन ।

स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिलाई लिखित तथा मौखिक रुपमा जानकारी गराउदा समेत आफुहरुको माग बेवास्ता गरेकाले आन्दोलनमा जान बाध्य भएको उनीहरुले बताए ।

यातायात बन्दका कारण गोकुलेश्वर, दार्चुला, गन्ना लगायतका क्षेत्रमा जाने र आउने यातायातका साधन बाटोमै रोकिएका छन् । समितिले बैतडीले तयार गरेको प्रारम्भिक खाकामा यी गाविसहरुलाई दशरथचन्द नगरपालिकामा समेटेको छ ।

यस्तै, देहिमाण्डौं, गुरुखोला, दुर्गास्थान, ग्वाल्लेक, नागार्जुन लगायत क्षेत्रका बासिन्दाले छुट्टै गाउपालिकाको माग गरेका छन् । देहिमाण्डौंमा सर्वपक्षीय भेला बोलाएर आफुहरुको माग नसमेटे आन्दोलनमा जाने चेतावनी दिएका छन् ।