पढ्न करिब 1 मिनेट लाग्छ

अजयकुमार साह/साउन २२, उदयपुर । संघीय समाजवादी फोरमका एक नेता आज गोरु काटेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा संघीय समाजवादी फोरमका बेल्टार बसाहा नगरपालिकाका उपाध्यक्ष मनकुमार राई रहेका छन । आफ्नै घरमा नजिकै गोरु काटेको आरोपमा नेता राईलाई पक्राउ गरिएको हो । पक्राउ परेका राई राजाको शासनकालका बेल्टार गाविसको पूर्व जनप्रतिनिधी हुन ।

राईले घर नजिकै रहेको द्धारखोलाको बाँधमा लगि गोरु काटिरहेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरिक्षक भिम प्रसाद सिलवालले बताए । पक्राउ परेका राईलाई मुलुकी ऐन भाग ४ को चौपाया सम्बन्धि महल ७ अनुसार कानुनी कार्वाही अगाडी बढाउने प्रहरीले जनाएको छ । चौपाया सम्बन्धि महल अनुसार जानी जानी गाई गोरु मानैलाई १२ बर्ष र मार्न सल्लाह दिनेलाई ६ बर्ष कैद सजाय हुने व्यवस्था छ ।

तर पक्राउ परेका राईले भने लडेर मरेको गोरुलाई प्रहरीले फसाउन मारेको आरोप लगाएको बताएका छन । देश धर्म निरपेक्ष भई सक्दा समेत गोरु काटेको आरोपमा नागरिक पक्राउ पर्नु दुखत भएको सघीय समाजवादी फोरमले जनाएको छ ।