२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

संस्थागत सुत्केरी अभियानमा बैतडीको शिवनाथ गाउँपालिका

२०७७, २ चैत्र सोमबार १२:२६

विनोदसिंह विष्ट । चैत २, बैतडी । नेपाल सरकारको संस्थागत सुत्केरी बढाउने नीतिअनुरूप  शिवनाथ गाउँपालिकाले ‘सुत्करीलाई उपाध्यक्षको कोशेली’ कार्यक्रमलाई निरन्तरता दिएको छ । हजार दिने आमा तथा शिशुको पोषण स्थितिमा सुधार ल्यानका लागि सो कार्यक्रम गत वर्षदेखि सञ्चालनमा रहेको छ । 

‘पोषिलो आहार शिशुको स्याहार, स्वस्थ बालक स्वस्थ नागरिक’ भन्ने नारासहित यो कार्यक्रम सञ्चालन गरिएको हो ।  संस्थागत सुत्केरी बढाउन र मातृशिशु मृत्युदर घटाउन पनि यो कार्यक्रमले सहयोग गर्ने शिवनाथ गाउँपालिकाका उपाध्यक्ष कुष्मा चन्दले बताउनुभयो । ‘उपाध्यक्षको कोशेली’ कार्यक्रमअन्तर्गत गर्भवती महिलाको घरमा झण्डा राख्ने, स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई पोषिलो खानेकुरा र सरसफाइ सामग्री भएको झोला, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, अन्य जनप्रतिनिधि, संस्थाकर्मीले गर्भवती महिलासँग अन्तक्र्रिया कार्यक्रम सञ्चालन भएका छन् । यस्ता विभिन्न कार्यक्रमलाई संस्थागत सुत्केरी हुनेको सङ्ख्या बढेको उपाध्यक्ष चन्दको भनाइ छ । 

उहाँले भन्नुभयो, “गत वर्ष परीक्षणका रुपमा सञ्चालन गरेकामा प्रभावकारी देखिएकाले यो वर्ष पनि निरन्तरता दिएका हौँ ।” गाउँपालिकाभित्र रहेका गर्भवती महिलाको घर दुई किसिमको झण्डा राख्ने गरेका छौँ उपाध्यक्ष चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “गर्भवतीको स्वास्थ्य जाँच गरी सामान्य भएमा हरियो र कुनै किसिमको खतराका लक्षण देखिएमा रातो झण्डा राख्ने गरेका छौँ”, उहाँले थप्नुभयो, “झण्डा राख्दा गर्भवती महिलाको घरपरिवारलाई जिम्मेवारी बोध हुन्छ ।”

स्वास्थ्यसंस्थामै सुत्केरी हुन आउने महिलालाई पोषण र सरसफाइ सामग्री भएको झोला दिने गरिएको छ । झोलामा ज्वानो, मेथी, शुद्ध तोरीको तेल, साबुन, नेलकटर, कोलगेट, मेक्सी, पेन्टीलगायतका ११ सामग्री रहेका हुन्छन् । उहाँले भन्नुभयो, “झोला उपलब्ध हुने भएपछि स्वास्थ्य संस्थामा सुत्केरी हुने महिला बढेका छन् ।”

नेपाल सरकारले स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई पहाडी जिल्लाको हकमा रु दुई हजार ८०० पनि दिने गरेको छ । गर्भवतीसँगको स्वयं जनप्रतिनिधि, स्वास्थ्यकर्मीले अन्तक्र्रिया कार्यक्रम गर्ने भएकाले जनचेतना अभिवृद्धि गर्न पनि सहज भएको छ । घरमै सुत्केरी हुँदा विभिन्न खतरा हुनसक्ने, पोषिलो खानेकुरा सेवन गर्ने, स्वास्थ्यप्रतिको नकारात्मक सोचलाई चिर्न सफल भएका शिवनाथ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महतोले बताउनुभयो । ‘‘संस्थागत प्रसूतिलाई थप प्रोत्साहन गरी मातृ मृत्यु तथा नवजात शिशु मृत्यु कम गर्न यो अभियान सञ्चालन गरेका हौँ”, उहाँले भन्नुभयो । 

‘स्वास्थ्यमा शान, शिवनाथको पहिचान’ नारा दिएर अन्तक्र्रिया कार्यक्रम गरिएको गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताउनुभयो । कार्यक्रममा गर्भवती महिलाका नियमित  स्वास्थ्य जाँच गर्ने कुराका बारेमा पनि जानकारी दिने गरिएको छ । सुत्केरीलाई उपाध्यक्षको कोशेली कार्यक्रमका लागि गाउँपालिकाले रु आठ लाख बजेट छुट्याएको थियो । शिवनाथ गाउँपालिकाले चालू आर्थिक वर्षभित्रै गाउँपालिकालाई घरमा हुने शून्य सुत्केरी तथा पूर्ण संस्थागत सुत्केरी घोषणा गर्ने लक्ष्य राखेको छ । ‘पूर्ण संस्थागत सुत्केरी हाम्रो लक्ष्य, स्वस्थ बालक सधैँ रहन्छ सभ्य’ भन्ने मूल नाराका साथ अभियान सञ्चालन गरिएको हो । 

गाउँपालिकामा रहेका छ वडामध्ये एउटा वडालाई गत वर्ष नै पूर्ण संस्थागत सुत्केरी घोषणा गरिसकिएको छ । वडा नं ३ लाई गत वर्ष नै पूर्ण संस्थागत सुत्केरी घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख महतोले बताउनुभयो । उहाँले भन्नुभयो, “उक्त वडाका कुनै पनि महिला घरमा सुत्केरी नभएकाले पूर्ण संस्थागत सुत्केरी घोषणा गरेका हौँ ।” गाउँपालिका–२, ४, ५ र ६ बाट पूर्ण संस्थागत सुत्केरी घोषणा गर्न पत्र गाउँपालिकाको स्वास्थ्य शाखालाई आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ती वडाबाट आएको पत्रअनुसार काम भए नभएको अध्ययन गर्छौं र भएको भए केही दिनभित्रै पूर्ण संस्थागत सुत्केरी घोषणा गर्छौं ।” 

यसैबीच गत वर्षभन्दा यो वर्ष शिवनाथ गाउँपालिकामा गर्भवतीको सङ्ख्या झण्डै दोब्बरले बढेको छ । गत वर्ष स्वास्थ्य संस्थामा सुत्केरी हुनेको सङ्ख्या ३२१ रहेकामा यो वर्ष असारसम्म सुत्केरी हुनेको सङ्ख्या ५८६ रहेको स्वास्थ्य शाखा प्रमुख महतोले बताउनुभयो । शिवनाथमा हाल १६ ठाउँबाट प्रसूति सेवा सञ्चालनमा रहेको छ । प्रत्येक वडामा कम्तीमा दुई वटा ठाउँबाट प्रसूति सेवा सञ्चालनमा रहेको हो । पूर्ण संस्थागत सुत्केरी घोषणा गर्न सबै गर्भवती महिलाले स्वास्थ्य संस्थामा बच्चा जन्माएको, सबै गर्भवती महिलाले सरकारको मापदण्डअनुसार चारपटक गर्भजाँच गरेको, गर्भवतीले टिटी खोप लगाएको, नियमितरुपमा आइरन चक्की खाएकोलगायतका सूचक पूरा गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ