Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बलात्कारको झुटो आरोप लगाउने महिला पक्राउ, १० दिन कैद र एक हजार जरिबाना हुने

By साझासवाल 2 मिनेट पढाइ

<p>चैत ८, बाँके | बलात्कारसम्बन्धी झुटा मुद्दा दर्ता गराएको आरोपमा अदालतबाट सजाय तोकिएकी बाँकेको कोहलपुरकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।&nbsp;<br></p><p>पक्राउ परेकी महिलाले कोहलपुरका एक युवकलाई जबरजस्ती करणी गरेको भन्दै अदालतमा मुद्दा दायर गरेकि थिइन् । उक्त मुद्दा झुटो साबित भएपछि अदालतले ति महिलालाई १० दिन कैद र एक हजार रुपैयाँ जरिबाना तोकेको थियो । प्रहरीले उनलाई पक्राउ गरेको छ ।&nbsp;</p><p>ति महिलालाई २०७३ कात्तिक ७ गते अदालतले सजाय तोकेको थियो । फरार रहेकी महिलालाई प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएको छ ।</p>