2026-09-12 01:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

महाकालीमा जलयात्रा शुरु

चैत १०, बैतडी । महाकाली नदीमा जलयात्रा (र्याफ्टिङ) शुरु गरिएको छ । सोमबार  विश्व पानी दिवसको अवसर पारेर महाकाली नदीको बैतडीको सेरादेखि झुलाघाटसम्म जलयात्रा गरिएको हो । दशरथचन्द नगरपालिका र रुडेसले सञ्चालन गरिरहेको ट्रोसा परियोजनाको सहयोगमा महाकालीमा जलयात्रा गरिएको हो ।

 महाकाली नदीमा जलयात्राको सम्भावना रहेको बारे जानकारी गराउन र्याफ्टिङ गरिएको दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “महाकाली नदीमा जलयात्राको सम्भावना रहेकाले अबका दिनमा यसलाई निरन्तरता दिनका लागि पहल गरिनेछ ।” जलयात्रा शुरु गर्न सके सीमा क्षेत्रमा पर्यटकहरुलाई समेत भित्र्याउन सकिने नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले बताउनुभयो । महाकाली नदी भारतसँग जोडिएकाले जलयात्रालाई निरन्तरता दिन सके भारतीय पर्यटकलाई समेत आकर्षित गर्न सकिने उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरबहादुर चन्दले बताउनुभयो । “यो क्षेत्रमा सहजरूपमा जलयात्रा सञ्चालन गर्न सकिने देखिएको छ, यसले पर्यटन प्रर्वद्धनमा सहयोग पुग्छ”, उहाँले भन्नुभयो ।

सेरादेखि झुलाघाटसम्मको जलयात्रामा नगरपालिकाका प्रमुख थापा, उपप्रमुख चन्द, उद्योग वाणिज्य सङ्घका अध्यक्ष चन्द, रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशी, महिला सशक्तीकरण केन्द्रका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा