२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा व्यावसायिक च्याउखेती गर्दै युवाहरू

२०७७, ११ चैत्र बुधबार ०५:४०

चैत ११, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–९ का बाबुराम पाण्डेयले विगत १० वर्षदेखि तम्घासमा व्यावसायिक च्याउखेती गर्दै आउनुभएको छ । उहाँ तम्घासमा च्याउखेतीको व्यावसायिक उत्पादन गर्ने पहिलो व्यक्ति हुनुहुन्छ । 

उहाँले अहिले व्यासायिकरूपमा च्याउ उत्पादन र बजारीकरणको काम गरिरहनुभएको छ । पाण्डेयले रेसुङ्गा–९ उपल्लो तम्घासमा रेसुङ्गा च्याउ उद्योगमार्फत रु २० लाखको लगानी गरेर च्याउखेती गर्नुभएको छ । अहिले पाण्डेयको फार्ममा च्याउ टिप्ने चटारो छ तर बजार अभावमा दैनिक सरदर तीन क्विन्टल उत्पादन हुने च्याउको व्यवस्थापन गर्न पाण्डेयलाई मुस्किल परिरहेको छ । “बजारको निकै समस्या छ, उत्पादन गरेपनि सोचेजस्तो बिक्री भएको छैन”, पाण्डेयले भन्नुभयो, “मोटरसाइकल खोजेर घरघरमा पुर्याउनुपर्छ ।” बजारीकरणको समस्याकै बीच स्थानीय युवाहरुमा व्यावसायिक च्याउखेतीप्रतिको आकर्षण भने घटेको छैन । पाण्डेयले रेसुङ्गा–८ का रुपकलाल श्रेष्ठसँग पुष्पाञ्जली एग्रोफार्ममार्फत संयुक्तरूपमा छुट्टै च्याउखेती पनि गरिरहनुभएको छ । दुवै फार्ममा अस्थायी र नियमित गरेर १५ जनाले रोजगारी पाएका छन् । अहिले फार्ममा च्याउको बीउ राख्ने र बजारीकरणको काम भइरहेको छ ।

संयुक्त फार्मबाट वार्षिक रु २० देखि २५ लाखसम्म च्याउको कारोवार भइरहेको छ । यस वर्षदेखि पाण्डेय र श्रेष्ठले करिब रु ३५ लाख लगानीमा सिताके च्याउको नयाँ व्यावसायिक उत्पादन शुरु गर्नुभएको छ । उहाँहरुले छुट्टै ब्लकमा गत वर्षदेखि कन्या च्याउको उत्पादन पनि गरिरहनुभएको छ । 

अहिले नयाँ जात र बजार मागका आधारमा तीन हजार ५०० मुढामा सिताके च्याउ उत्पादन थालेका छन् । अहिले नयाँ ब्लकमा सिताके जातको च्याउ राख्ने काम गरिरहेको र अबको छ महिनापछिबाट उत्पादन दिन शुरु गर्ने श्रेष्ठको भनाइ छ । त्यसका साथै अहिले गरिरहेको व्यवसायलाई थप आधुनिकीकरणतर्फ लैजाने पनि श्रेष्ठले बताउनुभयो ।

पछिल्लो समय जिल्लामा कृषिको क्षेत्रमा थुप्रै स्थानीय तहले नयाँनयाँ कार्यक्रम सञ्चालन गरेका छन् । त्यसैले पनि कृषिकर्ममा लाग्ने युवाको सङ्ख्या बढ्दै गएको छ भने उत्पादन पनि सोहीअनुसार भइरहेको छ । यद्यपि च्याउ किसानलाई बजारीकरणको मात्रै पिरलो छैन, सरकारले प्रदान गर्ने बेमौसमी अनुदानले पनि समस्या पुर्याएको छ । “पहिलो कुरा त राज्यले अनुदान नै दिँदैन”, पाण्डेयले भन्नुभयो, “दिए पनि च्याउको बेमौसम जेठ–असारमा दिन्छ, तर त्यो कीरा लाग्ने समय हो ।” उहाँले राज्यका तर्फबाट च्याउखेतीका सम्बन्धमा ठोस नीति आए आफूहरुलाई थप उत्साह हुने बताउनुभयो ।

अहिले कन्या च्याउको प्रतिकिलो बजार मूल्य रु ३०० र सिताके च्याउको मूल्य रु छ देखि सात सयसम्म छ । तर बजार ग्यारेण्टी नभएका कारण बिक्री नहुँदा कम मूल्यमा दिनुपर्ने बाध्यतामा च्याउ किसान छन् । च्याउ किसानको लागतका आधारमा रेसुङ्गा नगरपालिकाले मूल्य नदिँदा उनीहरुको च्याउ नगरपालिकाले सञ्चालन गरेको हाटबजारमा बिक्री हुनसकेको छैन । 

नगरपालिकाले कृषकको सबै उत्पादनको बजारीकरणका लागि गत वर्षदेखि कृषि हाटबजार सञ्चालनमा ल्याएको छ भने उत्पादनमा आधारित अनुदानको व्यवस्था पनि भइरहेको छ । नगरले नेपाल सरकारकै नीतिअनुसार च्याउका कार्यक्रम सञ्चालन गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ