पढ्न करिब 1 मिनेट लाग्छ

चैत २३, सप्तरी। सप्तरीको तिलाठी कोइलारी गाउँपालिकामा गए राति आगलागी हुँदा करिब रु छ लाख मूल्य बराबरको क्षति भएको छ । वडा नं ६ निवासी सुधांशुप्रसाद सिंहको गोठ र स्टोर कोठामा आगलागी भएको गाउँपालिका अध्यक्ष सतिश सिंहले बताउनुभयो ।

कुन कारणले कसरी आगलागी भएको खुल्न नसकेको बताइएको छ । सो घरभित्र रहेको सन्दुक, लत्ताकपडा, भाडावर्तन, नगद जिन्सी तथा विभिन्न सरसमान गरी करिब रु छ लाख बराबरको समान नष्ट भएको प्रहरीले जनाएको छ ।

आगो स्थानीयवासी, प्रहरी र हनुमाननगर कङ्कालिनी नगरपालिकाबाट गएको बारुणयन्त्रले नियन्त्रमा लिएको थियो । यस्तै तिरहुत गाउँपालिका–४ डिमनमा पनि आज बिहान भगवती यादवको घर अगाडि जम्मा गरिएको गहँु बाली जलेर नष्ट भएको छ ।

करिब दुई बिघा जमिनमा लगाइएको गहुँ बाली नष्ट भएको स्थानीयवासी शैलेश यादवले बताउनुभयो ।