प्रेम सुनार | साउन–२४, गुल्मी ।  हस्तीचौर सेवा समाज विश्व सम्पर्क मञ्चले गुल्मी बडागाउँका अग्नी पिडितहरुलाई आर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार | साउन–२४, गुल्मी ।  हस्तीचौर सेवा समाज विश्व सम्पर्क मञ्चले गुल्मी बडागाउँका अग्नी पिडितहरुलाई आर"/>
2026-10-27 10:51 PM
गुल्मी - GLM

हस्तीचौर सेवा समाजद्धारा सहयोग

प्रेम सुनार | साउन–२४, गुल्मी ।  हस्तीचौर सेवा समाज विश्व सम्पर्क मञ्चले गुल्मी बडागाउँका अग्नी पिडितहरुलाई आर्थिक सहयोग गरेको छ । हाल कतारमा रहेका मञ्चका उपाध्यक्ष प्रकाश खत्रीको नेतृत्वमा त्यहाँ संकलन गरिएको ४० हजार ५ सय २० रुपैयाँ नगद सहयोग रकम वडागाउँको दजाकोट पुगेर समितिलाई हस्तान्तरण गरिएको हो । उक्त रकम हस्तान्तरण गर्न मञ्चका अध्यक्ष पुष्कर पन्थी र कोषाध्यक्ष वावुराम पन्थी पुगेका थिए ।

यस अघिका दिनहरुमा पनि मञ्चले गाउँका विभिन्न पिडितहरुलाई आर्थिक सहयोग गरेको थियो । मञ्चले हस्तीचौर ३ का अज्ञात रोग पिडित गोविन्द कुँवर, वडा नम्वर ४ का मुटुरोग पिडित डिलबहादुर बिक, वडा नम्वर ३ गुर्वाका पिडित लक्ष्मण महत र हाल वडा नम्वर १ मल्दीका बाढि पहिरो पिडितहरुलाई पनि सहयोग गरेको छ ।

मञ्चका स्थानिय समिति उपाध्यक्ष प्रकाश खत्री, सचिव सन्तोष कुँवर क्षेत्री, कोषाध्यक्ष प्रकाश खत्री लक्ष्मण खत्री लगायतले सहयोगदाता सवैमा आभार प्रकट गरेका छन् । हस्तीचौर सेवा समाज विश्व सम्पर्क मञ्च  आगमी वर्ष त्यस गाविसमा एम्वुलेन्स सेवा सञ्चालन गर्ने अभियानमा समेत जुटेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला