2026-09-11 02:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनाङ्ग - MNG

उपकरण छ जनशक्ति छैन

वैशाख २, मनाङ । कोरोना महामारीसँगै स्वस्थ्य सुरक्षाका लागि उपकरण उपलब्ध गराइएको छ । जिल्लाको एक मात्र अस्पताल कहिले उपकरणको अभाव त कहिले जनशक्तिको अभाव थेग्दै आएको छ । हाल यस अस्पतालमा भेन्टिलेटर उपलब्ध भए पनि जनशक्ति नहुँदा सञ्चालनमा आउन सकेको छैन । 

विसं २०७७ असारमा प्रदेश सरकारले यस अस्पताललाई दुईवटा भेन्टिलेटर उपलब्ध गराएको थियो । अस्पतालमा भेन्टिलेटर छ, तर चलाउने जनशक्ति नहुँदा उक्त सेवा सञ्चालनमा आउन सकेको छैन । अस्पतालमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि १० महिनाअघि भेन्टिलेटर पुगेको हो । 

कुनै पनि बिरामीको अवस्था जटिल बनेको समयमा भेन्टिलेटरको आवश्यकता पर्ने भन्दै १० महिनाअघि नै यस अस्पतालमा भेन्टिलेटर ल्याइएको थियो । मनाङमा दुई मात्र चिकित्सक डा प्रतिभा गौली र डा सन्तोष अधिकारी कार्यरत छन् । “कोभिडका बिरामीका लागि उपचार गराउन भेन्टिलेटरका सबै सामग्री छन्, तर जडान गरिएको छैन”, डा अधिकारीले  भन्नुभयो, “भेन्टिलेटरसम्बन्धी तालिमप्राप्त चिकित्सक भए सहज हुन्थ्यो, जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको छ ।” त्यस्तै डा प्रतिभा गौलीका अनुसार प्रदेश सरकार मताहातमा झन्डै रु २० करोडको लागतमा जिल्ला अस्पताल निर्माण हुँदै गरेको छ भने डा सन्तोषको अवधि सकिएर जानुभएको छ । भएका जनशक्तिको अवधि सकिनु उपकरण सञ्चालन नहुनु दुर्गमको समस्या रहेको उहाँको भनाइ छ ।

भेन्टिलेटरको आवश्यकता त्यतिबेला पर्छ, जब बिरामीको अवस्था गम्भीर हुन्छ । यसलाई नियन्त्रण गर्न लाइफ सपोर्ट सिस्टम वा भेन्टिलेटरको सहयोग लिने गरिन्छ । डा अधिकारीका अनुसार भेन्टिलेटर बिरामीलाई निको पार्न र जिउँदो राख्नका लागि प्रयोग गरिन्छ ।

अस्पतालमा भेन्टिलेटरसहित दुई शय्याको आइसीयू निर्माणका लागि सामान खरिद गरिएको छ । जनशक्ति अभाव भएकाले उक्त सेवा सञ्चालन गर्न नसकिएको मनाङ जिल्ला अस्पतालका जनस्वास्थ्य निरीक्षक रहमत अन्सारीले बताउनुभयो । उहाँका अनुसार हाल जिल्ला अस्पतालमा जम्मा पाँच कर्मचारी कार्यरत छन् । सिनियर अहेब प्रमुख अन्सारी, डा प्रतिभा गौली, डा सन्तोष अधिकारी, नर्स बिना पौडेल र ल्याबमा करारका कर्मचारी प्रकाश रोका छन् ।

दुई चिकित्सकको दरबन्दी भए पनि मनाङ जिल्ला अस्पतालमा दरबन्दीका चिकित्सक एक जना मात्र छन् । डा सन्तोष अधिकारी पनि करारका कर्मचारी हुनुहुन्छ । जिल्ला अस्पतालले हालसम्म धेरै बिरामीको चाप थेग्नु नपरे पनि कुन समयमा के पर्छ त्यसको तयारी हुनु जरुरी छ । यस्तै तीतो अनुभव डा सन्तोष अधिकारीको छ ।

विश्वभर फैलँदै गएको कोरोना महामारीले जिल्ला स्वस्थ्य प्रमुख नै सङ्क्रमित भएपछि अस्पताल नै बन्द गर्नुपरेको थियो । जिल्लामा भएको एक मात्र अस्पताल र एक मात्र चिकित्सक हुँदा कन्ट्याक ट्रेसिङमा पर्दा आवश्यक जनशक्ति अभावका कारण अस्पताल नै बन्द गर्नुको विकल्प नभएको डा अधिकारीले बताउनुभयो ।

स्वस्थ्य क्षेत्रमा पर्याप्त जनशक्ति नहुनु, भएका उपकरण प्रयोगमा आउन नसक्नु ठूलो चुनौती रहेको छ । हिमाली जिल्ला  जटिल बिरामी भएमा समयमा उपचार गर्न नपाउँदा जीवन नै तलमाथि हुनसक्छ । हुनेखानेले हेलिकोप्टर चार्टर्ड गरेर ठाउँमा पुग्लान तर सर्वसाधारण भने अकालमै मर्नुपर्ने बाध्यता देखिन्छ ।

स्थानीय तहले पटक–पटक पहल गर्दासमेत सुनाइ नभएको स्थानीय तहको गुनासो छ । प्रदेश सरकार र केन्द्रमा समेत बेलाबेलामा चर्चामा रहेको मनाङ अस्पतालमा अझै जनशक्ति अभावले भएका उपकरणसमेत सञ्चालनमा आउन सकेका छैनन् । सरकारको नीतिअनुसार अस्पतालको शिलान्यास त भएकै छन् तर आवश्यक जनशक्ति कहिले पुग्ने सर्वसाधारणको गुनासो छ । देशमा बढ्दै गइरहेको कोरोना महामारीमा यी उपकरण सञ्चालनमा आउन सके जिल्लावासीले राहत महसुस गर्ने थिए ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे द्योगमन्त्रीमा दीपककुमार साह सिफारिस विपद्‌मा दल हेर्नु हुँदैन, सरकार–सरकारबीच समन्वय होस् : रामकुमारी झाँक्री नेप्सेमा दोहोरो अंकको गिरावट शहीदको रगतमा राजनीति गर्न पाइँदैन : सांसद खातुन फुटपाथमा सुत्केरी भएको घटनामा अस्पतालको स्पष्टीकरण : उपचारबाट वञ्चित गरिएको होइन गुण्डा शैलीको शासन संविधानले परिकल्पना गरेको छैन : अमरेशकुमार सिंह