पढ्न करिब 1 मिनेट लाग्छ

नरी बडु, साउन २५ बैतडी । छुट्टाछुट्टै खोलामा बगेर बेपत्ता भएका दुई बालबालिका अझै फेला परेका छैनन् ।

आईतबार मल्लादेही–४ की १५ बर्षिया बिमला जोशी महादेवस्थान ४ स्थित मामा घरबाट फर्कने बेला सिमचानी खोलामा बगेर बेपत्ता भएकी हुन ।

शनिबार दिउसो दुर्गास्थान–२ का १४ बर्षिय यसवन्त ओड सलेनाको बागगोठ खोला तर्ने बेला बगेर बेपत्ता भएका थिए ।

ओड सलेना गाउमा मामाघर जादै गरेका थिए । बेपत्ता दुवै जनाको खोजीका लागि खोलाहरुको तल्लो तटीय क्षेत्रमा प्रहरी परिचालन गरेपनि मंगलबार दिउसोसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरेन्द्र बमले बताए ।