गुल्मीमा होम आइसोलेसनमा बसेका एक पुरुषको मृत्यु

साझासवाल
1 Min Read

<p><b>वैशाख १२, गुल्मी</b> । गुल्मीको छात्रकोट गाउँपालिका-३, बासखर्कका ४५ वर्षीय पुरुषको गएराति मृत्यु भएको छ । एन्टिजिन परीक्षण रिपोर्ट पोजेटिभ भएका एक पुरुषको मृत्यु भएको हो ।&nbsp;<br></p><p>ति पुरुष एक साता अघि मात्र भारतबाट गुल्मी आएका थिए । उनलाई भारतबाट फर्किंदा नै ज्वरो आएको थियो । उनी गुल्मी आए लगत्तै होम आइसालेशनमा बसेका थिए । भारतबाट आएको भोलीपल्टै उनको एन्टिजिन परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।</p><p>होम आइसोलेसनकै क्रममा मृत्यु भएका उनको स्वाब सकलन गरी पीसीआर परीक्षण गर्न लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाईदै छ ।</p>

Leave a Comment

Leave a Reply