2026-06-25 09:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

नारायणी अस्पतालमा भर्ना भएका तीन कोरोना सङ्क्रमितको उपचारका क्रम्मा मृत्यु

वैशाख १७, पर्सा । वीरगञ्जको नारायणी अस्पतालमा भर्ना भएका तीन  कोरोना सङ्क्रमितको उपचारका क्रम्मा मृत्यु भएको छ । अस्पतालको आइसीयूमा भर्ना रहेका दुई महिला तथा एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या तथा निमोनियाबाट ग्रसित रहेकी वीरगञ्ज–१६ निवासी ४८ वर्षीय महिलाको आज बिहान १ः४५ र वीरगञ्ज–३ छपकैया निवासी महिलाको गए राति ९ः३० बजे मृत्यु भएको छ भने बाराको जितपुर सिमरा–२४ निवासी ७७ वर्षीय पुरुषको गए राति ११ः३० बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले जानकारी दिनुभयो । 

उहाँले नगवा निवासी महिलामा निमोनियालगायत रोगको लक्षण देखिएपछि उनलाई वैशाख १२ गते अस्पताल भर्ना गराइएको र उनको सोही दिन पिसिआर विधिबाट परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको थियो भने छपकैया निवासी महिलालाई वैशाख १४ गते अस्पताल भर्ना गरी सोही पिसिआर विधिबाट परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको बताउनुभयो । 

उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र मधुमेहबाटसमेत ग्रसित रहेका जितपुर सिमरा निवासी पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वैशाख १० गते अस्पतालमा भर्ना गरिएको र सोही दिन पिसिआर विधिबाट परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको डा दासले जानकारी दिनुभयो ।  यससँगै पर्सामा कोरोना सङ्क्रमणकै कारण मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको  जिल्ला प्रशासन कार्याल पर्साले जनाएको छ । 

एकैदिन भेटिए १७५ सङ्क्रमित 

दुई अङ्कमा भेटिदै आएको कोरोना सङ्क्रमितको सङ्ख्या पर्सामा तेहरो अङ्कमा प्रवेश गरेको छ ।  वीरगञ्ज नारायणी अस्पतालको प्रयोगशालामा २८८ जनाको स्वाब नमूनालाई परीक्षण गर्दा १७५ मा सङ्क्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानबाट सङ्कलन गरिएको स्वाब नमूनाको आज बिहान आएको परीक्षण रिर्पोटमा १० देखि ७२ वर्ष उम्मेर समूहका १३१ पुरुष र ४४ महिलामा सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमितमध्ये सबैभन्दा बढी वीरगञ्ज महानगरपालिकाबाट १३१, बाराबाट ३४, सर्लाहीबाट पाँच, रौतहटबाट तीन र महोत्तरी तथा दाङबाट एक÷एक सङ्क्रमित भेटिएको नारायणी अस्पतालका कोभिड संयोजक डा दासले जानकारी दिनुभयो । उहाँले भेटिएका सङ्क्रमितको सिटी भ्यालु १४.२ देखि ३५.२ सम्म रहेको छ भने १५ देखि ३५ वर्ष उमेर समूहका सङ्क्रमितको सङ्ख्या बढी रहेको बताउनुभयो । यससँगै पर्सामा कूल सङ्क्रमितको सङ्ख्या चार हजार ४३९ पुगेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार २९२ रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ