Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुदूरपश्चिमका आठ जिल्ला ‘पूर्ण खोप सुनिश्चित’ घोषणा

By साझासवाल 3 मिनेट पढाइ

वैशाख १८, बैतडी । बैतडीसहित सुदूरपश्चिमका आठ जिल्ला ‘पूर्ण खोप सुनिश्चितता तथा दिपोपना’ जिल्ला घोषणा भएका छन् । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ प्रदेशका आठ जिल्लालाई सो घोषणा गरिएको  हो ।

प्रदेशको कैलालीबाहेकका अन्य आठ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा भइसकेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले जानकारी दिनुभयो । बैतडी, दार्चुला, बझाङ, डोटी, डडेल्धुरा, बाजुरा, अछाम र कञ्चनपुर पूर्ण खोप सुनिश्चितता घोषणा भइसकेका छन् । कैलालीलाई पनि छिट्टै पूर्ण खोप सुनिश्चितता घोषणा गर्छौं ”, उहाँले भन्नुभयो, “कैलालीलाई पनि पूर्ण खोप सुनिश्चितता घोषणाको तयारीमै छौँ, बढ्दो कोरोना सङ्क्रमणका कारण प्रभावित भएको छ ।”

नेपाल सरकारले जारी गरेको पूर्ण खोप सुनिश्चितता निर्देशिका तेस्रो संशोधन २०७७ अनुसार जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिने गरिएका छन् । बालबालिकालाई १२ थरिका खोप तालिकाअनुसार नियमित लगाइएको मापदण्ड पूरा गरेपछि यहाँका आठ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

बच्चा जन्मेदेखि १५ महिनासम्मका सम्पूर्ण बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै खोप लगाउने र छुटेका अन्य १६ देखि २३ महिना उमेर समूहका खोज्दै जिल्लाको समय तालिकाअनुसार खोपको मात्रा पुर्याइसकेपछि मात्र जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिने गरिन्छ । रासस