साउन २६, महोत्तरी । महोत्तरीको लक्ष्मिनियाँमा स्यालको टोकाइले ६ जना गम्भीर घाइते भएका छन् ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २६, महोत्तरी । महोत्तरीको लक्ष्मिनियाँमा स्यालको टोकाइले ६ जना गम्भीर घाइते भएका छन् । 
2026-09-12 12:58 AM
महोत्तरी - MHT

स्यालले टोक्दा ६ जना गम्भीर घाइते

साउन २६, महोत्तरी । महोत्तरीको लक्ष्मिनियाँमा स्यालको टोकाइले ६ जना गम्भीर घाइते भएका छन् । 

गएराति घर नजिकै रहेको उखु खेतबाट आएको स्यालले टोक्दा लक्ष्मिनियाँ–३ का ५० वर्षीय इसाक चुरैट, ५ वर्षीय लिखित खातुन, १० वर्षीय सोयव शेष, १० वर्षीया लाडली खातुन, ३ वर्षीय राम विनय महतो र १५ वर्षीय सुदीपकुमार महतो रहेका छन् । 

घरमा बसिरहेको समयमा उखुबारीबाट बाहिर निस्केको सो स्यालले उनीहरुलाई टोकेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । स्यालको टोकाइले गम्भीर घाइते भएका उनीहरुलाई तत्काल गौशालास्थित प्राथामिक स्वास्थ्य केन्द्र गौशालामा ल्याउँदा त्यहाँ औषधिको अभाव देखाउँदै अस्पतालले भर्ना लिएका थिएन । अस्पतालमा कुकुर तथा स्यालले टोकेपछि दिइने सुई कोटामा उपलब्ध हुँदै आएकाले उनीहरुलाई उपचार गराउन समस्या भएको अस्पतालका इन्चार्ज अशोक यादवले स्वीकार गर्नुभयो । 

हाल उनीहरुको गौशालास्थित विभिन्न निजी क्लिनिकमा उपचार भइरहेको प्रहरी निरीक्षक शम्भु पोखरेलले जानकारी दिनुभयो । उक्त स्यालको खोजी जारी रहेको प्रहरी निरीक्षक पोखरेलले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस