रमेश गिरी/साउन २६, भक्तपुर । गत साउन ११ गते चाँगुनारायणतर्फ यात्रु बोकेर जाँदै गरेको बस दुर्घटना हुँदा एकजनाको ज्यान गयो भने २३ जना "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रमेश गिरी/साउन २६, भक्तपुर । गत साउन ११ गते चाँगुनारायणतर्फ यात्रु बोकेर जाँदै गरेको बस दुर्घटना हुँदा एकजनाको ज्यान गयो भने २३ जना "/>
2026-09-18 11:04 PM
भक्तपुर - BKT

भक्तपुर अस्पतालमा आइसियु नहुँदा दैनिक रिफर मात्रै

रमेश गिरी/साउन २६, भक्तपुर । गत साउन ११ गते चाँगुनारायणतर्फ यात्रु बोकेर जाँदै गरेको बस दुर्घटना हुँदा एकजनाको ज्यान गयो भने २३ जना घाइते भए । 

घाइतेको उपचारका लागि सिधै भक्तपुर अस्पताल ल्याइयो तर अस्पतालले आफैं उपचार गर्नुभन्दा पनि एक घन्टाभित्र सबै घाइतेलाई मध्यपुर अस्पताल रिफर ग¥यो । अस्पतालमा गम्भीर घाइतेलाई उपचार गर्न सघन उपचार कक्ष (आइसियु) छैन भन्दै धमाधम अन्यत्रै पठाउन थालेपछि घाइतेको अवस्था बुझ्न अस्पताल आउनुभएका सांसद प्रेम सुवालले भक्तपुर अस्पताललाई रिफर अस्पतालको सङ्ज्ञा दिनुभयो । 

उहाँले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हरिबहादुर केसीलाई बोलाएर अस्पताललाई व्यवस्थितरुपमा सञ्चालन गरी यहाँ आएका सबै बिरामीको उपचार गर्न आग्रह गर्दै आवश्यक सहयोगका लागि पहल गर्ने बताउनुभयो । त्यसपछि पनि यस अस्पतालमा विभिन्न दुर्घटनामा घाइते भएका र अन्य रोगका लागि आकस्मिक कक्षमा आएका अधिकांश बिरामी रिफर गर्ने गरिएकै छ । विसं १९६१ असार १७ गते १५ शय्याको चन्द्रलोक डिस्पेन्सरीको नामबाट स्थापना भएको भक्तपुर अस्पताल बिरामी रिफर केन्द्रका रुपमा परिणत भएको छ । 

विसं २०२८ मा ५० शय्याको र २०६० सालमा थप २५ शय्याको प्रसूति गृहसमेत गरी हाल ७५ शय्यामा सञ्चालित भक्तपुरको एक मात्र सरकारी अस्पतालमा अहिलेसम्म पनि आइसियु सेवा नहुँदा अन्य सेवासमेत प्रभावित भएको छ । विगत एक वर्षमा मात्र प्रसूति सेवामा १७० जनाको शल्यक्रिया गरेर बच्चा निकालिएको र २९ जनाको पाठेघर निकाल्ने शल्यक्रिया गरेको अस्पतालका प्रशासन प्रमुख विश्वप्रसाद न्यौपानेले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “प्रसूति सेवामा १७०, पाठेघर निकालेको २९, मेजर ५५२ र माइनर एक हजार ६६८ गरी दुई हजार ४१९ जनाको शल्यक्रिया गरिएको छ, तर आइसियु नहुँदा समस्या भने छ ।” एक साताअघि मात्रै आइसियुमा राखेर उपचार गर्न नपाउँदा एक सुत्केरीको ज्यान गएको थियो । अस्पतालमा बच्चा जन्मिएपछि अत्यधिक रक्तस्रावका कारण सुत्केरी महिलालाई समस्या आएपछि आइसियुमा राखेर उपचार गर्नुपर्नेमा अन्य अस्पताल रिफर गर्दा सुत्केरीको ज्यान गएको थियो । 

भक्तपुर अस्पतालमा ती महिलाको ज्यान नगएको दाबी गर्दै प्रशासन प्रमुख न्यौपानेले आइसियु नहुँदा समस्या भने आएको बताउनुहुन्छ । अस्पतालमा आइसियु बिनै जोखिम मोलेरै प्रसूतिदेखि अन्य विभिन्न रोगको शल्यक्रिया गरिन्छ । अस्पतालमा शल्यक्रिया गरेपनि आइसियुको आवश्यकता परे अन्य अस्पतालमा रिफर गर्ने गरेको अस्पताल प्रशासनले जनाएको छ । अस्पताल प्रशासनका अनुसार यो एक वर्षमा आकस्मिक कक्षमा मात्रै १२ हजार ५३४ बिरामी उपचारका लागि आएका थिए, तर गम्भीर प्रकृतिका बिरामीको भने रिफर गरिएको थियो । 

भक्तपुर अस्पतालमा विगत एक वर्षमा दुई हजार ४५४ जनाले भर्ना भएर उपचार गरेको र ५२ हजार ४९० जना बिरामीले ओपिडी सेवा लिएका छन् । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा केसीले अस्पतालका लागि आइसियु अतिआवश्यक भएको र बारम्बार आइसियुको माग भएपनि ढिलाइ भएको बताउनुभयो । 

सरकारले केन्द्रीय अस्पतालका रुपमा यस अस्पताललाई स्वीकृति दिएपनि प्राविधिक सामानको अभावले केही समस्या आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नवराज गेलालले जानकारी दिनुभयो । अब केही समयमै पाँच शय्याको आइसियु सेवा सञ्चालन गर्ने तयारी गरेको बताउँदै उहाँले त्यसपछि भने बिरामी अन्य अस्पतालमा रिफर गर्नु नपर्ने दाबी गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई