२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा अस्पतालका श्यया भरिए, रसायन अभावले स्वाब सङ्कलन रोकिँदै

२०७८, २५ बैशाख शनिबार ११:००

कोरोना भाइरस सङ्क्रमित बिरामीले भक्तपुर अस्पतालका सबै श्यया भरिएका छन् । अस्पतालको क्षमताभन्दा बढी बिरामीलाई सेवा दिँदै आएको भक्तपुर अस्पतालमा अक्सिजन अभाव हुँदा समस्या पर्न थालेको छ । रमेश गिरी, वैशाख २५, भक्तपुर (रासस) । निजी अस्पतालले कोरोना सङ्क्रमित बिरामीको उपचार नगरेको अहिलेको अवस्थामा भक्तपुर अस्पतालमा बिरामीको चाप बढे पनि अक्सिजन नहुँदा भर्ना भएका बिरामीको उपचारमा समस्या परेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिनुभयो । 

अस्पतालले हाल ३३ श्यया जनरल, २५ श्यया हाइकेयर युनिट र छ श्यया आइसियु गरी ६४ श्ययाको आइसोलेशन सञ्चालनमा ल्याए पनि आवश्यकताअनुसार थप गर्दै अस्पतालमा ८० बिरामी भर्ना भएर उपचार गरिरहेका छन् । अस्पतालमा सङ्क्रमित बिरामी, कन्ट्याक्ट टे«सिङमा परेका, पिसिआर रिपोर्ट नआएका अक्सिजन दिनुपर्ने अवस्थाका बिरामीलाई अक्सिजन अभावमा उपचारमा समस्या परेको हो ।

डा गौतमका अनुसार केही दिन अघिसम्म सिलिन्डरकै अभाव थियो । उहाँले सार्वजनिक रुपमा नै सहयोगको आह्वान गरेपछि विभिन्न निकायबाट आएको १६० सिलिन्डर सहयोगसहित २०० सिलिन्डर रहे पनि अक्सिजन नपाउँदा समस्या परेको बताउनुभयो । अस्पतालमा अहिले दैनिक २०० सिलिन्डर अक्सिजन खपत भइरहे पनि विगत तीन दिनदेखि अक्सिजन नपाउँदा थप समस्या परेको हो । 

“अस्पतालमा बिरामीको चाप बढेको छ, अधिकांश बिरामी अक्सिजन चाहिने भएपछि अस्पताल आएका छन््”, मेसु डा गौतमले भन्नुभयो, “एक बिरामीका लागि एक घण्टामा ठूलो तीनवटा सिलिन्डर अक्सिजन खपत हुने गरेको छ, छ श्ययाको आइसियुमा मात्रै २४ घण्टामा ३० सिलिन्डर सकिन्छ, भर्ना भएका सबै बिरामीका लागि २४ घण्टामा २०० सिलिन्डर अक्सिजन खपत हुने गरेको छ, तर अक्सिजन अभावले समस्या पर्न थालेको छ ।”

कूल ७५ श्ययाको क्षमताको अस्पताल भए पनि कोभिडका बिरामी बढेपछि अस्पतालले ८० श्यया चलाउँदै आएको छ । अधिकांश बिरामीलाई हाइफ्लोरमा अक्सिजन दिनु परेको छ, यस्तो अवस्थामा १०० सिलिन्डर अक्सिजन मात्रै आपूर्ति हुँदा अस्पताललाई निकै सकस भएको छ ।

ललितपुरको सगरमाथा अक्सिजन कम्पनीबाट आपूर्ति गर्दै आएको अस्पतालले १०० सिलिन्डर पालोमा राख्दा पनि पालो नआएको, बालाजुको अक्सिजन कम्पनीबाट समेत अक्सिजन नपाएर पछि त्यसको प्रत्यक्ष असर अस्पताल र बिरामीलाई पर्न थालेको हो । 

भक्तपुर नगरपालिकाले चलाएको जनस्वास्थ्यदेखि निजी अस्पतालले समेत अक्सिजन आवश्यक पर्ने भएपछि अस्पतालसँग समन्वय नै नगरी बिरामी पठाउने गरेको र निजी अस्पतालले कोभिडको बिरामीको उपचार नै नगरेकाले अस्पतालमा बिरामीको चाप बढेको हो । 

कोभिडका बिरामीलाई लक्षित गरी अस्पतालले टेन्ट नै राखेर श्यया थप गरेको छ भने जिल्ला समन्वय समितिको रु १५ लाख र नगरपालिकाको रु चार लाखको सहयोगमा १५ श्ययाको कोभिड आकस्मिक वार्ड नै सञ्चालनमा ल्याएर उपचार भइरहेकोे छ । 

कोरोना बिरामीको उपचार गर्ने यो अस्पताललाई आफैँ अक्सिजन उत्पादन गर्न सक्ने व्यवस्था सरकारले गरिदिए श्यया थप गरेर बिरामीको उपचार गर्न सकिने अस्पतालको भनाइ छ । सरकारले रु तीन करोड लगानी गरेर लिक्विड अक्सिजनको व्यवस्था गरिदिए अस्पतालमा नै दैनिक चारदेखि पाँच हजार लिटर अक्सिजन उत्पादन गर्न सकिन्छ । अस्पताल प्रशासनले सरकारले यस्तो व्यवस्था गरिदिए दीर्घकालीन रुपमा अक्सिजनको समस्या समाधान गर्न सकिने जनाएको छ ।

गत वर्ष पहिलो लहरको कोराना महामारीको समयमा अक्सिजन दिनुपर्ने बिरामीको सङ्ख्या कम भए पनि यस वर्षको दोस्रो लहरमा भने आउने जति सबै कोरोनाका बिरामीलाई अक्सिजन दिनैपर्ने भएकाले अभाव भएको हो ।

अक्सिजन मात्रै नभई भक्तपुर अस्पतालमा पिसिआर परीक्षणमा समेत समस्या परेको छ । दैनिक २०० भन्दा बढी पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन हँुदै आएको यो अस्पतालमा केमिकल अभाव हुँदा स्वाब सङ्कलनमा समेत समस्या परेको मेसु डा गौतमले जानकारी दिनुभयो । 

वाग्मती प्रदेश प्रयोगशाला धुलिखेलबाट आपूर्ति हुदै आएको स्वाब सङ्कलन गर्ने केमिकल आउन छाडेपछि स्वाब सङ्कलन र परीक्षणमा समेत समस्या एवं ढिलाइ हुने गरेको हो । अस्पतालले सिधै सामाजिक विकास मन्त्रालयसँग केमिकलको माग गरेको छ । यसको सहज आपूर्ति नभए भक्तपुरमा स्वाब सङ्कलन र पिसिआर परीक्षणमा समेत समस्या पर्ने भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले भक्तपुरमा शुक्रबारसम्ममा १३ हजार १५१ कोरोना सङ्क्रमित भएका छन् । जसमध्ये दुई हजार ९८९ सक्रिय सङ्क्रमित, अस्पताल भर्ना भएका १६७ र होम आइसोलेशनमा दुई हजार ८२२ रहेका छन् । कोरोना सङ्क्रमितमध्ये १० हजार २१ जना निको भएर घर फर्किएका र १४१ जनाको मृत्यु भइसकेको कार्यालयका प्रमुख मिजारले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा