साउन २६, बैतडी । लगातारको पानीसँगै पहिरो जाँदा बैतडीको सिद्धपुरमा  एक घरमा क्षति पुर्याएको छ । 

पहिरोले सिद्धपुर–५ बन्तडका नवराज भट्टको घरमा क्षति पु¥याएको हो । घरमाथिबाट आएको पहिराले घरको पर्खाल भत्काउँदा पाँच बाख्रा च्यापिएर "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २६, बैतडी । लगातारको पानीसँगै पहिरो जाँदा बैतडीको सिद्धपुरमा  एक घरमा क्षति पुर्याएको छ । 

पहिरोले सिद्धपुर–५ बन्तडका नवराज भट्टको घरमा क्षति पु¥याएको हो । घरमाथिबाट आएको पहिराले घरको पर्खाल भत्काउँदा पाँच बाख्रा च्यापिएर "/>

2026-11-02 03:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

पहिरोले घर र विद्यालयमा क्षति

साउन २६, बैतडी । लगातारको पानीसँगै पहिरो जाँदा बैतडीको सिद्धपुरमा  एक घरमा क्षति पुर्याएको छ । 

पहिरोले सिद्धपुर–५ बन्तडका नवराज भट्टको घरमा क्षति पु¥याएको हो । घरमाथिबाट आएको पहिराले घरको पर्खाल भत्काउँदा पाँच बाख्रा च्यापिएर मरेका छन् । घरमाथिबाट आएको पहिराले सिद्धपुर–५ बन्तडका नवराज भट्टको घरको पछाडिको पर्खाल भत्काउँदा गोठमा रहेका पाँचवटा बाख्रा च्यापिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिनुभयो । 

पहिरोले भट्टको घरमा क्षति पु¥याए पनि मानवीय क्षति भने नभएको प्रहरीले बताइएको छ । प्रहरीचौकी खोड्पेबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको र प्रहरी टोली घटनास्थल पुगेपछि मात्रै थप विवरण आउने प्रहरीले जनाएको छ । 

यस्तै बैतडीको सिद्धपुर गाविस–६ मा रहेको कालिका माविको निर्माणाधीन तीनकोठे भवनको माथिबाट पहिरो आउँदा भवनमा क्षति पुर्याएको  छ । जिल्ला शिक्षा कार्यालयको रु १९ लाख ५० हजारको सहयोगमा निर्माण भइरहेको भवनमा क्षति भएको विद्यालयका प्रधानाध्यापक नरबहादुर कुँवरले जानकारी दिनुभयो । 

भवनको माथिपट्टिबाट पहिरो आउँदा करिब रु साढे तीन लाख बढीको क्षति भएको बताइएको छ । 

यसैगरी सोही विद्यालयमा आउने पानीको मुहानमा पहिरो जाँदा गएको शनिबारदेखि विद्यालयमा पानी आउन छोडेको छ । विद्यालयमा आउने पानीको मुहानमा पहिरो खस्दा पानी अवरुद्ध भएको हो । विद्यालयमा आउने पानी बन्द भएपछि विद्यार्थीलाई शौचालय जान तथा खानेपानीको समस्या भएको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द