साउन २६, बैतडी । लगातारको पानीसँगै पहिरो जाँदा बैतडीको सिद्धपुरमा  एक घरमा क्षति पुर्याएको छ । 

पहिरोले सिद्धपुर–५ बन्तडका नवराज भट्टको घरमा क्षति पु¥याएको हो । घरमाथिबाट आएको पहिराले घरको पर्खाल भत्काउँदा पाँच बाख्रा च्यापिएर "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २६, बैतडी । लगातारको पानीसँगै पहिरो जाँदा बैतडीको सिद्धपुरमा  एक घरमा क्षति पुर्याएको छ । 

पहिरोले सिद्धपुर–५ बन्तडका नवराज भट्टको घरमा क्षति पु¥याएको हो । घरमाथिबाट आएको पहिराले घरको पर्खाल भत्काउँदा पाँच बाख्रा च्यापिएर "/>

2026-09-19 03:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

पहिरोले घर र विद्यालयमा क्षति

साउन २६, बैतडी । लगातारको पानीसँगै पहिरो जाँदा बैतडीको सिद्धपुरमा  एक घरमा क्षति पुर्याएको छ । 

पहिरोले सिद्धपुर–५ बन्तडका नवराज भट्टको घरमा क्षति पु¥याएको हो । घरमाथिबाट आएको पहिराले घरको पर्खाल भत्काउँदा पाँच बाख्रा च्यापिएर मरेका छन् । घरमाथिबाट आएको पहिराले सिद्धपुर–५ बन्तडका नवराज भट्टको घरको पछाडिको पर्खाल भत्काउँदा गोठमा रहेका पाँचवटा बाख्रा च्यापिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिनुभयो । 

पहिरोले भट्टको घरमा क्षति पु¥याए पनि मानवीय क्षति भने नभएको प्रहरीले बताइएको छ । प्रहरीचौकी खोड्पेबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको र प्रहरी टोली घटनास्थल पुगेपछि मात्रै थप विवरण आउने प्रहरीले जनाएको छ । 

यस्तै बैतडीको सिद्धपुर गाविस–६ मा रहेको कालिका माविको निर्माणाधीन तीनकोठे भवनको माथिबाट पहिरो आउँदा भवनमा क्षति पुर्याएको  छ । जिल्ला शिक्षा कार्यालयको रु १९ लाख ५० हजारको सहयोगमा निर्माण भइरहेको भवनमा क्षति भएको विद्यालयका प्रधानाध्यापक नरबहादुर कुँवरले जानकारी दिनुभयो । 

भवनको माथिपट्टिबाट पहिरो आउँदा करिब रु साढे तीन लाख बढीको क्षति भएको बताइएको छ । 

यसैगरी सोही विद्यालयमा आउने पानीको मुहानमा पहिरो जाँदा गएको शनिबारदेखि विद्यालयमा पानी आउन छोडेको छ । विद्यालयमा आउने पानीको मुहानमा पहिरो खस्दा पानी अवरुद्ध भएको हो । विद्यालयमा आउने पानी बन्द भएपछि विद्यार्थीलाई शौचालय जान तथा खानेपानीको समस्या भएको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई