2026-09-11 02:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनाङ्ग - MNG

मनाङमा कोरोना जित्ने बढ्दै

नवीन लामिछाने । जेठ १०, मनाङ (रासस) । हिमाली जिल्ला मनाङमा नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना सङ्क्रमण जित्ने बढ्दै गएका छन् । केही समय शून्य सङ्क्रमित रहेको मनाङमा नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना सङ्क्रमणलाई मनाङमा एकै दिन २८ जनाले जितेका छन् ।  

धेरैजसो होम आइसोलेशनमा बसेका कोरोना सङ्क्रमित सङ्क्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ । हालसम्ममा जिल्लामा ८४ सङ्क्रमितमध्ये ६३ जना सङ्क्रमणमुक्त भएर घर फर्किसकेका छन् । कोरोना सङ्क्रमणमुक्त हुने सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिनुभयो । 

उहाँले २१ सक्रिय सङ्क्रमित आइसोलेशनमा रहनुभएको बताउनुभयो । आचार्यका अनुसार त्यसमध्ये छ सङ्क्रमित सामुदायिक आइसोलेशनमा रहनुभएको छ भने अन्य सबै होम आइसोलेशनमा हुनुहुन्छ । मनाङका चार स्थानीय तहमध्ये सङ्क्रमितहरु दुई वटा पालिकाका हुन् । दोस्रो लहरको कोरोना सङ्क्रमणबाट चामे गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकामा बढी प्रभाव पारेको उहाँले बताउनुभयो । नासो गाउँपालिका र नार्पाभूमि गाउँपालिकामा सङ्क्रमितको सङ्ख्या शून्य छ । 

“यसपटकको कोरोना सङ्क्रमणले चामे र मनाङ ङिस्याङवासीलाई प्रभाव पा¥यो, हाल मनाङमा सङ्क्रमित थपिने क्रम न्यून हुँदै गएको छ, पहिले सङ्क्रमित ह्वात्तै बढ्दा उपचार गर्न समस्या हुने पो हो कि जस्तो एक किसिमको डर पैदा भएको थियो, अहिले निको हुने बढ्दै गएपछि खुशी लागेको छ, अब छिट्टै मनाङका सङ्क्रमित निको हुनेछन्”, आचार्यले भन्नुभयो । मनाङवासीले समयमै सचेतता अपनाएपछि सङ्क्रमण बढ्नुभन्दा न्यूनीकरणतर्फ उन्मुख भएको पाइएको स्वास्थ्य कार्यालयले मनाङले जनाएको छ । 

सामुदायिक आइसोलेशन र होम आइसोलशनमा रहेका सबै सङ्क्रमितको स्वास्थ्य अवस्था हाल सामान्य रहेको उहाँले बताउनुभयो । “सङ्क्रमितको अवस्था सामान्य रहे पनि समस्या आयो भने यहाँ उपचार गर्न सक्ने अवस्था रहेको छैन, हेलिकप्टर नै मगाउनुपर्ने हुन्छ, कहिलेकाहीँ हेलिकप्टर आउन ढिलो भएमा यहाँका मानिसको ज्यानसम्म जान सक्ने हुन्छ, यहाँको समस्या कहिले समाधान हुने खै ?”, उहाँले भन्नुभयो । 

उहाँका अनुसार मनाङमा हालसम्म दरबन्दीमा रहेका चिकित्सकसमेत रिक्त रहेको छ । मनाङ विकट क्षेत्र भएर पनि होला दरबन्दीकै चिकित्सकहरू आउनै नचाहेका कारण दरबन्दी पूर्ति हुने अवस्था नै नरहने उहाँ बताउनुहुन्छ । सम्बन्धित निकायमा जानकारी गराए पनि हालसम्म चिकित्सक आइनपुगेको उहाँको भनाइ छ । 

मनाङमा २० वटा अक्सिजन कन्सन्टे«टर मेसिन र ठूलो सानो गरी २९ अक्सिजन सिलिण्डर रहेको छ । हालसम्म ११ वटा अक्सिजन सिलिण्डर खपत भइसकेको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ । जिल्ला अस्पताल मनाङमा हाल आठ कन्सन्ट्रेटर र आठ ठूला तथा पाँच साना सिलिण्डर रहेको छ । अस्पतालमा दुई वटा खपत हुने गरेको थियो भने बिरामी बढ्दै गएमा सबै उपयोग गर्न सकिने अवस्था छ । 

चामे गाउँपालिकामा दुई वटा अक्सिजन कन्सन्टे«टर र दुई वटा सानो अक्सिजन सिलिण्डर रहेको छ । मनाङ ङिस्याङ गाउँपालिकामा तीन अक्सिजन कन्सन्टे«टर र १३ वटा सानो सिलिण्डर रहेको छ । त्यहाँ नौ वटा अक्सिजन सिलिण्डर खपत भइसकेको छ । नार्फु गाउँपालिकामा पाँच अक्सिजन कन्सन्टे«टर छन् । यस गाउँपालिकामा अक्सिजन सिलिण्डर भने छैन । नासो गाउँपालिकामा दुई वटा अक्सिजन कन्सन्टे«टर र एउटा सानो अक्सिजन सिलिण्डर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

मनाङ हिमाली क्षेत्र भएकाले यहाँका प्रत्येक होटल तथा बेसक्याम्पमा अक्सिजन राख्ने गरिएको छ । यहाँ हाइअल्टिच्युड हुने भएकाले अक्सिजन कम भएको अवस्थामा उपयोग गर्न प्रायजसो यहाँका मानिसले अक्सिजनको व्यवस्थापन गरेका हुन्छन् । जिल्ला अस्पताल मनाङमा सात, चामे गाउँपालिकामा १०, मनाङ ङिस्याङ गाउँपाकिलामा १३, नार्फु गाउँपालिकामा पाँच र नासो गाउँपालिकामा १२ गरी कुल ४७ शय्याको आइसोलेशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे द्योगमन्त्रीमा दीपककुमार साह सिफारिस विपद्‌मा दल हेर्नु हुँदैन, सरकार–सरकारबीच समन्वय होस् : रामकुमारी झाँक्री नेप्सेमा दोहोरो अंकको गिरावट शहीदको रगतमा राजनीति गर्न पाइँदैन : सांसद खातुन फुटपाथमा सुत्केरी भएको घटनामा अस्पतालको स्पष्टीकरण : उपचारबाट वञ्चित गरिएको होइन गुण्डा शैलीको शासन संविधानले परिकल्पना गरेको छैन : अमरेशकुमार सिंह