2026-09-12 10:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाँकेका अस्पतालमा ह्वात्तै घट्यो मृत्युदर

जेठ १६, राँझा (रासस) । कोरोना सङ्क्रमित बिरामीको उपचार हुँदै आएको बाँकेका अस्पतालमा मृत्युदर ह्वात्तै घटेको छ । दैनिक १५ देखि १७ जनाको मृत्यु हुने गरेकामा अहिले ह्वात्तै घटेको छ । गएरातिदेखि आज बिहानसम्म चार जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै बाहिरी जिल्लाका रहनुभएको छ भने पछिल्लो २४ घण्टामा बाँकेका बिरामीको मृत्यु शुन्य रहेको छ ।

अस्पतालमा अहिले भर्ना हुने बिरामी र मृत्यु हुने अधिकांश बाहिरी जिल्लाका सङ्क्रमित रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना सङ्क्रमणबाट हालसम्म बाँकेका २८८ को मृत्यु भएको छ भने विभिन्न बाहिरी जिल्लाबाट यहाँका अस्पतालमा उपचारका लागि आएका २७९ को उपचारका क्रममा मृत्यु भएको छ । 

पछिल्लो पटक गएरातिदेखि आज बिहानसम्म यहाँका अस्पतालमा भर्ना भएका दाङ, बर्दिया र सल्यानका चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । शिक्षण अस्पताल कोहलपुरमा उपचाररत तुलसीपुर उपमहानगरपालिका वडा नं ४ निवासी ४२ वर्षीया महिलाको गएराति ११:०० बजे मृत्यु भएको छ ।

यसैगरी भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका बर्दिया बाँसगढी नगरपालिका– ३ निवासी ४२ वर्षीय पुरुषको आज बिहान ३:३० बजे, सल्यान बागचौर नगरपालिका– ८ निवासी ६१ वर्षीय पुरुषको बिहान ५:३० बजे र बर्दिया बढैयाताल गाउँपालिका– ५ निवासी ५८ वर्षीया महिलाको आज बिहान ६ः४५ बजे मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस