2026-09-12 11:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

युवकको हत्या अभियोगमा पाँच पक्राउ

जेठ २७, रुपन्देही (रासस) । लुम्बिनी सांस्कृतिक नगरपालिकामा गत आइतबार भएको युवक हत्याको अभियोगमा जिल्ला प्रहरी कार्यालयले पाँच जनालाई पक्राउ गरेको छ ।

वडा नं ४ मा चोटपटक लागेको अवस्थामा मृत फेला परेका ३५ वर्षीय महेन्द्र यादवको हत्यामा संलग्न रहेको अभियोगमा सोही ठाउँकै २२ वर्षीय बलजीत पासी, ३० वर्षीय दुर्गेश पासवान, २४ वर्षीय राकेश यादव, २० वर्षीय सञ्जय पासी र २३ वर्षीय सर्वजीत विश्वकर्मालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो । 

गत आइतबार बिहान साढे ६ बजे इलाका प्रहरी कार्यालय लुम्बिनीबाट प्रहरी निरीक्षक रवीन्द्र महतको कमाण्डमा गएको टोलीले यादवको शव फेला पारेको थियो । टाउको, छाती, घाटी र गुप्ताङ्गमा धारिलो हतियार प्रहार गरी शरीरका विभिन्न भागमा रगतले लतपतिएको अवस्थामा प्रहरीले शव फेला पारेको थियो ।

उनीहरुबाट हत्यामा प्रयोग भएको धारिलो हतियार (फलामको दाउ) एक थान, पानी तान्ने नलको ह्याण्डर एक थान, हत्यामा प्रयोग भएको हरियो बाँसको घारा एक थानसहित अन्य प्रमाण बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता भाष्कर चन्दले जानकारी दिनुभयो ।

पुरानो रिसिइबीका कारण बदला लिने सोचले योजनाबद्धरूपमा यादवको हत्या गरिएको प्रहरीको भनाइ छ । मङ्गलबार पक्राउ गरिएका अभियुक्तलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस