2026-09-12 11:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

झुलाघाट नाकाबाट पाँच हजार नेपाली फिर्ता

असार ४, बैतडी (रासस) । कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि भारतसँग सीमा जोडिएको झुलाघाट नाकाबाट साढे चार हजार नेपाली नागरिक स्वदेश फर्किएका छन् । गत वैशाखदेखि हालसम्म चार हजार ६२६ जना स्वदेश फर्किएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरीका अनुसार बैतडीका दुई हजार २४०, बझाङका एक हजार ६६१, डडेल्धुराका १०१, दार्चुलाका २७, डोटीका २५, अछामका पाँच तथा बाजुराका १२१ नेपाली झुलाघाट नाका भएर स्वदेश फर्किएका हुन् ।

यस्तै कैलालीका ५३, कञ्चनपुरका ३०, हुम्लाका ६४, मुगुका ६० र जुम्लाका ४० जना पनि झुलाघाट नाका भएर फर्किएको बताइएको छ । नेपाल भित्रिनेमा अधिकांश भारतमा कोरोना सङ्क्रमण नियन्त्रणका लागि लकडाउन भएपछि रोजगारी गुमाएर फर्किएका नागरिक छन् ।

भारतबाट फर्किरहेका नागरिकको सीमामै हेल्थ डेस्क स्थापना गरी एन्टिजेन विधिबाट कोरोना परीक्षण भइरहेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि बैतडीमा असार १५ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

नयाँ सङ्क्रमण हुनेको सङ्ख्या शून्य

बैतडीमा शुक्रबार नयाँ कोरोना सङ्क्रमण हुनेको सङ्ख्या शून्य रहेको छ । शुक्रबार गरिएको परीक्षणमा कुनै नागरिकमा पनि कोरोना नेदेखिएको हो । पछिल्लो २४ घण्टामा १०७ जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका सीआइसीटी सहजकर्ता विनिता चौधरीले जानकारी दिनुभयो । बुधबार पनि ४४९ जनाको कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । बैतडीमा परीक्षण तीव्ररूपमा भइरहेको छ । 

जिल्लामा सङ्क्रमण दर घट्दै गएको छ । अहिले बैतडीमा १३२ कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये १३१ जना बैतडीका रहेका छन् भने एक जना अन्य ठाउँका रहेका हुन् । कोरोनाकै कारण बैतडीमा हालसम्म १६ जनाको मृत्यु भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस