Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

अवरुद्ध महाकाली राजमार्ग खुला

By साझासवाल

<p><b>असार ६, बैतडी (रासस)। </b>छुट्टाछुट्टै दुई ठाउँमा पहिरा खस्दा अवरुद्ध बनेको महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ ।&nbsp; राजमार्गको जिल्लाको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सुर्नया गाउँपालिका–३ धरमघर र दोगडाकेदार गाउँपालिका–५ ढिकगाडमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो ।&nbsp;&nbsp;<br></p><p>धरमघरमा आज दिउँसो १ बजे र ढिकगाडमा बिहान साढे ८ बजेदेखि सडक&nbsp; सञ्चालनमा आएको अस्थायी ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन बिष्टले जानकारी दिए । पहिराले ढिकगाडमा गए राति १ देखि र धरमघरमा बिहान ८ बजेदेखि&nbsp; सडक अवरुद्ध भएको थियो ।&nbsp;&nbsp;</p><p>अहिलेलाई राजमार्ग सञ्चालनमा ल्याइएको भए पनि लगातार रुपमा वर्षा भइरहेकाले ती स्थानमा अझै पहिराको जोखिम कायमै रहेको खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोति बमले जानकारी दिए&nbsp; । यसअघि शनिबार अपराह्न पनि धरमघरमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएकामा करीब दुई घण्टापछि खुलेको थियो ।&nbsp;</p>