<p>असार ८, बैतडी (रासस) । नुहाउने क्रममा नदीमा बगेर बैतडीमा एक बालिका बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा जिल्लाको पाटन नगरपालिका १ सकारकी ११ वर्षिया नीतु बिक रहेकी छन् । </p><p>साथीहरुसँग नुहाउन गएकी नीतु मङ्गलबार अपरान्ह ४ बजे नदीमा बगेर बेपत्ता भएकी बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।</p><p> बेपत्ता बालिकाको स्थानीय बासिन्दा र प्रहरीको टोलीले खोजी कार्य जारी राखेको छ । </p>
June 22, 2021
बैतडी - BTD, समाज
बैतडीमा नदीमा बगेर बालिका बेपत्ता
By साझासवाल
1 मिनेट पढाइ










