२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

हेल्चेक्र्याइँ र ठगी गर्ने व्यापारीविरुद्ध उजुरी गर्न आग्रह

२०७८, २२ असार मंगलवार ०५:१०

असार २२, सप्तरी (रासस)। स्वास्थ्यमाथि हेल्चेक्र्याइँ र ठगी गर्ने व्यापारीविरुद्ध उजुरी गर्न जिल्ला प्रशासन कार्यालय सप्तरीले आग्रह गरेको छ । राजविराजमा सोमबार आयोजित शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका विषयमा भएको सार्वजनिक सुनवाइ कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत किशोर रामले स्वास्थ्यमाथि हेल्चेक्र्याइँ र ठगी भइरहेको गुनासो गर्ने उपभोक्ता उजुरी लिएर भने कोही नआउने गरेको भन्दै उजुरीसहित आए कारवाही हुने विश्वास दिलाउनुभयो । स्थानीय तहले स्वयं पनि बजार अनुगमन गर्न सक्ने रामले बताउनुभयो ।

संवैधानिकरूपमा प्रत्याभूत मौलिक हक तीनवटै तहको पारस्परिक समन्वयमा हुनुपर्ने तर विशेष चासो स्थानीय तहले लिनुपर्ने भन्दै रामले निजी विद्यालयले झैँ सामुदायिक विद्यालयले समेत वैकल्पिक शिक्षा दिन सक्नुपर्ने बताउनुभयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा आयोजित सार्वजनिक सुनवाइ कार्यक्रममा राजविराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नीरञ्जनप्रसाद यादवले स्थानीय तहबाट मागअनुरूप आवश्यक बजेट विनियोजन हुन नसक्दा र अनुशासन कमजोर हुँदा इच्छाबमोजिम काम हुन नसकेको स्वीकार्नु भयो । 

पशुपक्षी विकास शाखा प्रमुख परमेश्वर यादवले निर्णय कार्यान्वयन पक्ष कमजोर रहेको स्वीकार गर्दै कम बजेट र सीमित साधन स्रोतले थोरै काम मात्र गर्न सकिएको बताउनुभयो । कृषि शाखा प्रमुख हरिनारायण यादवले कोभिडका कारण काम प्रभावित भएको भन्दै आगामी वर्षमा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो । शिक्षा शाखा प्रमुख भोगेन्द्र यादवले शिक्षा क्षेत्रमा पहुँच, गुणस्तर र व्यवस्थापनको प्रमुख समस्या रहेको बताउनुभयो । कोभिडका कारण सात÷आठवटा निजी विद्यालयले अनलाइन कक्षा लिए पनि एउटै सामुदायिक विद्यालयमा अनलाइन कक्षा सञ्चालन हुन नसकेको यादवले बताउनुभयो ।

सक्रिय, शिक्षित र स्वस्थ जीवनयापनका लागि प्रत्याभूत मौलिक हकमा नागरिकको भौतिक र आर्थिक पहुँच नभएको उल्लेख गर्दै इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले पहुँच मात्र नभई सूचना तथा जानकारीसमेत पाउने अवस्था नरहेको बताउनुभयो । स्थानीय तहबाट आवश्यक्ताको पहिचान, योजना तर्जुमा, व्यवस्थापन, मूल्याङ्कन र नियमन हुन नसक्दा नागरिकले सहज, सुलभ र समान ढङ्गले मौलिक हकको उपभोग गर्न नपाएको पोखरेलले गुनासो गर्नुभयो ।

नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली र सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दासले राहत वितरणमा नगरपालिका चुकेको र मापदण्डभन्दा बाहिरकाले खोप सुविधा पाएको बताउनुभयो । अभिभावक रामअवतार मण्डलले कृषि कार्यका लागि आवश्यक साधन, स्रोतमा पहुँच हुन नसक्दा खाद्य, मल, बीउको अभाव रहने गरेकाले किसानलाई खाद्य सम्प्रभुताको अधिकार हुनुपर्ने माग गर्नुभयो ।

बाल चेतना समूहका अध्यक्ष आकाश साहले सबै क्षेत्रलाई प्रभावित पारेको कोभिडका कारण घाटा बेहोर्नेलाई राहत दिन तथा कोभिडलाई नै नाफा कमाउने माध्यम बनाउनेलाई कारवाही गर्न स्थानीय तह असफल भएको बताउनुभयो । पत्रकार दीनानाथ यादवले आधारभूत अधिकार संविधानले संरक्षण गरेको भए पनि कार्यान्वयनमा नरहेको बताउनुभयो । नगरस्तरीय निगरानी समूहका अध्यक्ष रघुवर साहले नगरपालिकाबाट सार्वजनिक हितमा भइरहेको विकास, निर्माणलगायतका काम गोप्य ढङ्गले एकद्वार प्रणालीबाट भइरहेको बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो