२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा दैनिक समातिन्छन् जुवाडे

२०७८, २७ असार आईतवार ०७:५५

असार २७, मध्यपुरथिमि (रासस)। देशभरी कोरोना भाइरसको महामारी फैलिएर सामाजिक दूरी कायम गर्न र स्वास्थ्य मापदण्ड अपनाउन सरकारले आग्रह गरिरहेका बेला भक्तपुर भने जुवा तासको अखडा बन्न थालेको छ । 

प्रहरीले यहाँका विभिन्न नगरपालिका क्षेत्रमा जुवातासका अखडा बनाएर जुवा खेलिरहेको अवस्थामा धमाधम पक्राउ गर्न थालेको छ । मध्यपुरथिमि नगरपालिका–७ नगदेश र सूर्यविनायक नगरपालिका– ५ कटुन्जेबाट तास खेलिरहेका अवस्थामा प्रहरीले शनिबार साँझ २७ व्यक्तिलाई पक्राउ गरेको छ । नगदेशका ४० वर्षीय रत्नकाजी अवालेको रत्न खाजा घरमा तास खेलिरहेको अवस्थामा रत्नकाजीलगायत ११ व्यक्तिलाई प्रहरीले रु दुई लाख ६४ हजार १०० सहित पक्राउ गरेको बताइएको छ । 

सूर्यविनायकको कटुन्जेको गणेश हिलका बासिन्दा ३२ वर्षीय कर्म तामाङको हाम्रो खाजा घरबाट पनि १६ व्यक्तिलाई रु एक लाख २१ हजार ६०० सहित पक्राउ गरिएको प्रहरी उपरीक्षक दीपक गिरीले बताउनुभयो ।

चाँगुनारायण नगरपालिका–२ दुवाकोटको फोक्सिङटारमा डेरा गरी बस्ने दोलखा मेलुङ गाउँपालिका–६ का ४१ वर्षीय दिपेश भण्डारीको कोठाबाट पनि चार दिनअघि प्रहरीले ११ व्यक्तिलाई तास खेलिरहेका बेला पक्राउ गरेको र उनीहरुका साथबाट रु २४ हजार २४० बरामद गरेको छ ।

सूर्यविनायक–७ घ्याम्पेडाँडामा सञ्जीव वाग्लेले सञ्चालन गरेको घ्याम्पे आइएनएन होटलमा तास खेल्ने छ व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेका बेला महानगरीय प्रहरीवृत्त जगातिको टोलीले वाग्लेसहित उनीहरुलाई पक्राउ गर्नाका साथै रु ५८ हजार २०० बरामद गरेको  छ ।

भक्तपुरमा नयाँ प्रहरी प्रमुख आएको एक साता नबित्दै जुवा तास खेल्ने व्यक्ति पक्राउ पर्न थालेका हुन् । नयाँ प्रहरी प्रमुख आउँदा जुवा खेल्ने तथा खेलाउने मान्छे पक्राउ परे पनि पछि भने पक्राउ नपर्ने भएकाले प्रहरीको मिलेमतो हुने गरेको थिमिका बासिन्दा राजाराम श्रेष्ठको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ