2026-06-17 02:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

पाँचखालमा ‘भू–भौतिकी सर्वेक्षण’: प्रतिवेदन कुर्दै पुरातत्व विभाग

राजकुमार पराजुली । साउन ५, काभ्रेपलाञ्चोक (रासस) । पुरातत्व विभागले पाँचखाल नगरपालिकास्थित पुरातत्वस्थलमा ‘जियोफिजिकल सर्वे’ (भू–भौतिकी सर्वेक्षण)को काम सकेको चार महिना भयो । विभागले बेलायतबाट आएको विज्ञ टोलीसहित पाँचखाल–७ तथा वरपरको क्षेत्रमा गत चैत पहिलो साताको सर्वेक्षणमा ऐतिहासिक पुरातत्व सम्पदाको प्रचुर सम्भावना देखिएको जनाएको थियो । 

बेलायतस्थित दूरहाम विश्वविद्यालयका विज्ञ टोलीले पाँचखाल–७ स्थित सिमाली, वासुकी स्थान, माल्टार, कन्केश्वर महादेव मन्दिर तथा स्वास्थ्यचौकी आसपासलगायत क्षेत्र तथा ६ नम्बर वडाको भमरकोटसहित विभिन्न स्थानमा सर्वे गरेको हो । सर्वेमा संलग्न विभागका पुरातत्व अधिकृत विष्णु पाठकका अनुसार सर्वे गरिएको स्थानमा ऐतिहासिक सम्पदाको प्रचुर सम्भावना देखिएको र तथ्याङ्क अध्ययनपछि सर्वेको विस्तृत प्रतिवेदन आउनेछ । 

सर्वेको तीन महिनापछि विस्तृत प्रतिवेदन आउने जनाइए पनि हालसम्म नआएको विभागले जनाएको छ । विभागका निर्देशक दामोदर गौतमले भन्नुभयो “हामी विज्ञ टोलीबाट विस्तृत प्रतिवेदनको पर्खाइमा छौँ, सायद कोरोनाका कारण ढिलो भएको हुनसक्छ । ”  उहाँले पहिलो चरणमा जमीनमुनि के–कस्तो भौतिक संरचना छ भन्ने पत्ता लगाउन काभ्रेको पाँचखालसहित नेपालको अन्य क्षेत्रमा ‘जियोफिजिकल सर्वे ’गरिएको बताउनुभयो । 

उहाँका अनुसार सर्वे गरिएको कुनैपनि स्थानको हालसम्म प्रितिवेदन  आएको छैन । उक्त टोलीले पाँचखालमा एक साता लगाएर सर्वे गरेको थियो । निर्देशक गौतमका अनुसार प्रतिवेदन आएपछि पाँचखालमा थप उत्खनन गर्नुपर्ने देखिएको छ । उहाँले भन्नुभयो,“पाँचखाललाई प्राथमिकतामा राखेका छौँ ।”

 पाँचखालमा बेलायती सर्वे मेसिन र ड्रोन क्यामेरामार्फत जियोफिजिकल सर्वे गरिएको थियो । यसअघि विभागले संयुक्त राष्ट्रसङ्घीय शैक्षिक वैज्ञानिक तथा सास्कृतिक सङ्गठन (युनेस्को)लाईसमेत गत असार (सन् २०२०, जुन २९)मा पाँचखालको सम्पदाबारे जानकारी गराइसकेको छ । पाँचखाललगायत मुलुकका विभिन्न स्थानमा रहेका सम्पदाको सर्वे गर्न बेलायतस्थित दूरहाम विश्वविद्यालयका आठ सदस्यीय विज्ञ टोली मार्च पहिलो साता नेपाल आएको थियो ।

 उहाँका अनुसार नेपालका केही स्थानमा खोज, उत्खननका क्रममा भेटिएका सम्पदा सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएपछि जियोफिजिकल सर्वे गर्नु आवश्यक देखिएकाले बेलायतबाट टोली मगाइएको हो । टोलीले त्यसबेला कपिलवस्तुबाट सम्पदा खोज अनुसन्धान थालेको थियो । टोलीले मुलुकका छ जिल्लाका विभिन्न स्थानमा सर्वेको काम सकेको थियो ।  

सर्वे मेसिनले सम्पदा क्षेत्र तथा जमीनमुनि सात मिटरसम्मको भौतिक अवस्था पत्ता लगाउँछ । काभ्रेपलाञ्चोकको पाँचखाल क्षेत्रमा करीव दुई वर्षअघि गरिएको खोज, उत्खननका क्रममा भेटिएका सम्पदा सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन सम्पदा भएपछि विभागले जियोफिजिकल सर्वे गरेको जनाएको छ । पाँचखाल क्षेत्रमा उत्खननका क्रममा भेटिएका सम्पदा सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको पुष्टी गर्दै उत्खननमा सहभागी विभागका अधिकृत पाठक र वरिष्ठ पुरातत्वविद् उद्धव आचार्यद्वारा तयार प्रतिवेदनमा पाँचखाल नपा–२ माल्टारमा अवस्थित विभिन्न व्यक्तिको खेतमा भेटिएका प्राचीन दरबारको गारो, २२ सेन्टिमिटर चौडाइ भएको इट्टालगायतका सामग्री लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको उल्लेख छ । 

उत्खननका क्रममा भेटिएको अन्य आकारका इँट्टा र अङ्गारको थप अनुसन्धान गर्न बाँकी रहेको उल्लेख गर्दै श्रीरामपाटीमा तीन मिटर लम्बाइ र दुई मिटर चौडाइ उत्खनन गर्दा पक्की इँट्टाको गारोभित्र माटाको डुँडद्वारा पानी पाइपलाइन भेटिएको थियो । साथै, स्थानीय प्रस्तर प्रयोग गरी एक मिटर ५० सेन्टिमिटरको आधार बनाइ ६० सेन्टिरमिटर शुर मिलाएर गारो बलियो बनाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

पाँचखाल नगर क्षेत्रमा भेटिएका सम्पदा सुरक्षार्थ जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकसमेतले सम्पदा क्षेत्रमा ‘खनजोत’ गर्न रोक लगाउँदै आएको छ । कार्यालयले २०७६ मङ्सिर २९ गते नै सम्पदा क्षेत्रमा ‘खनजोत’ नगर्न र गर्नुपरे विगागको स्वीकृति र सहमति गराउन पाँचखाल नपालाई पत्रमार्फत जानकारी गराएको थियो । खोज अनुसन्धानकर्र्ताले उत्खनन क्षेत्रको संरक्षण र अवैध उत्खनन रोक्नुपर्ने सुझाव दिँदै आएका छन् । 

नगरप्रमुख महेश खरेलले सम्पदा संरक्षणमा प्रयास भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो,“सर्वेको विस्तृत प्रतिवेदन आएपछि नगरद्वारा सम्पदा संरक्षणमा माष्टर प्लान बनाउनेछौँ ।” स्थानीय प्राचीन पलाञ्चोक उपत्यका पुरातत्व खोज तथा अनुसनधान समितिले पनि नगरभित्रका ऐतिहासिक सम्पदा पुनःनिर्माण एवं नयाँ निर्माण गर्दा पुरातात्विक ढाँचामै निर्माण गर्न नगरलाई सुझाव दिँदै आएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ