साउन ३१, भोजपुर । जिल्ला स्वास्थ्य कार्यालय भोजपुरमा जनस्वास्थ्य अधिकृत र मेडिकल सुपरिटेन्डेन्टसहित १४० भन्दा बढी स्वास्थ्यकर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, भोजपुर । जिल्ला स्वास्थ्य कार्यालय भोजपुरमा जनस्वास्थ्य अधिकृत र मेडिकल सुपरिटेन्डेन्टसहित १४० भन्दा बढी स्वास्थ्यकर"/>
2026-09-18 09:57 PM
भोजपुर - BJP

स्वास्थ्य सेवा पाउनबाट भोजपुरका सर्वसाधारण वञ्चित

साउन ३१, भोजपुर । जिल्ला स्वास्थ्य कार्यालय भोजपुरमा जनस्वास्थ्य अधिकृत र मेडिकल सुपरिटेन्डेन्टसहित १४० भन्दा बढी स्वास्थ्यकर्मीको दरबन्दी रिक्त रहेको छ । 

जिल्ला स्वास्थ्य कार्यालयअन्तर्गत प्रमुखसहित ११ दरबन्दी रिक्त रहेका छन् भने जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण शाह काज सरुवा भएपछि उहाँसहित ११ दरबन्दी रिक्त भएको छ । 

त्यस्तै जिल्लाभर रहेका प्राथमिक स्वास्थ्य केन्द्रमा ११ दरबन्दी रिक्त छ भने स्वास्थ्य चौकी तथा उपस्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी १५० भन्दा बढी रिक्त रहेको पाइएको छ । जिल्लाको कुल ३८७ दरबन्दीमध्ये १७० भन्दा बढी दरबन्दी रिक्त भएको जानकारी निमित्त कार्यालय प्रमुख डा रमेश तामाङले दिनुभयो । 

त्यस्तैगरी स्वास्थ्यकर्मीमध्ये हेल्थ असिस्टेन्ट ६६ जना, अनमी ७७ जना र अहेव ५० जना, स्टाफ नर्स चार जना र ल्याब असिस्टेन्ट तीन जनाको पद रिक्त रहेको उल्लेख गरिएको छ । 

भौगोलिक रुपमा दुर्गम मानिने भोजपुर जिल्लामा स्वास्थ्यकर्मीको दरबन्दी पूर्ति नहुँदा जिल्लातहदेखि गाउँतहसम्मका सर्वसाधारण गुणस्तरीय स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुँदै आएका छन् । 

भोजपुर सदरमुकाममा रहेको जिल्ला अस्पताल ५० श्ययाको निर्माणाधीन अवस्थामा छ भने इर्मजेन्सी सेवा समेत भूकम्पबाट भवन क्षतिग्रस्त भएपछि हाल अस्थायी रुपमा १६ श्ययामा सञ्चालन हुँदै आएको छ । 

दैनिक बिरामीको चापले गर्दा बेड सङ्ख्या पर्याप्त नहुँदा भुइँमा राखेर उपचार गरिरहनु परेको अहेव दुर्गा विश्वकर्माले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई