२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनाङ्ग - MNG

मनाङको क्षतिबारे सिँचाइले ऊर्जालाई प्रतिवेदन बुझायो

२०७८, १३ भाद्र आईतवार १०:५३

नवीन लामिछाने । भदौ १३, मनाङ (रासस)। गत जेठ १४ र असार १ गते आएको बाढीपहिराले सिँचाइ तथा खानेपानीलगायत योजनामा पुर्याएको क्षतिको विवरण सङ्कलन गरी प्रतिवेदन तयार पारिएको छ । सिंचाई तथा खानेपानी डिभिजन कार्यालयले प्रतिवेदन तयार पारेको प्रतिवेदन गण्डकी प्रदेशस्थित ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयमा बुझाइएको छ । 

बाढीपहिराका कारण क्षतिग्रस्त सिँचाइ तथा खानेपानीको संरचना पुनःनिर्माणका लागि लागत अनुमान तयार गरिनाका साथै सिँचाइको सम्भावनासमेतको  प्रतिवेदन तयार पािरएको कार्यालय प्रमुख ढाकाराम आचार्यले जानकारी दिनुभयो ।  

“एक दिनको बाढी र पहिराले धेरै क्षति पुर्यायो । विवरण सङ्कलन तथा सम्भाव्यता अध्ययनका लागि लामो समय लाग्यो । गत असार १ गतेपछि पनि वर्षा नरोकिँदा बाढी आउनेक्रम जारी रह्यो । मनसुनी वर्षा सँगै मस्र्याङ्दी नदीको बाढीका कारण तथ्याङ्क सङ्कलनमा ढिलाइ भएको हो । संकलित तथ्याङ्क मन्त्रालयमा बुझाएका छौँ । छिटै समाधान हुनेमा मनाङवासीसहित हामीले पनि अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो । 

सिँचाइ तथा खानेपानीको मुहान तथा भौतिक संरचनालाई नदीको कटानबाट बचाउन र चालू आर्थिक वर्षमा उपलब्ध बजेटको सीमाभित्र रही अल्पकालीन तथा दीर्घकालीन समस्या समाधानका लागि सम्बोधन गराउने प्रयत्न गरिएको प्रमुख आचार्यले बताउनुभयो । 

बाढीपहिराबाट बढी असर पु¥याएको नासों गाउँपालिकाका तालबजार, सिरान ताल, खोत्रो, धारापानी, थोचें, बगरछाप र दानाक्यू, चामेका तिमाङ, थान्चोक, कोतो र चामे बजार तथा  ङिस्याङका भ्राताङ, पिसाङसम्मका बस्तीका साथै विद्यालय, सार्वजनिकस्थल,खानेपानी र सिँचाइका क्षतिको पहिचान र पुनःस्थापनाका लागि अल्पकालीन र दीर्घकालीन उपायसहित प्रतिवेदन तयार पारिएको हो ।

डोना खोला,  धारापानी, ग्वा खोला, स्यार्कु खोला, चामे र सब्जे खोला लघुजलविद्युत् आयोजनामा क्षति पुगेको छ । तीमध्ये  नासों र चामेको  पूर्णरूपमा र ङिस्याङको लघुजलविद्युत् आयोजनामा आंशिक क्षति भएको प्रतिवेदनमा उल्लेख छ । 

नदी र खोला किनारमा रहेकाले बाढीको कटानले पावर हाउस, इन्टेक र फोर वे पूर्णरुपमा क्षति भएको छ । भर्खरै मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिए पनि जिल्लावासीका लागि लघुजलविद्युत् नै आधारभूत ऊर्जाको स्रोत भएकाले  मन्त्रालयबाट ऊर्जासम्बन्धी विज्ञ टोली परिचालन गरी लागत र सम्भाव्यता अध्ययन गराइएको  र सोहीबमोजिम योजना सञ्चालन गर्ने तयारी भइरहेको प्रतिवेदनमा उल्लेख छ । 

नासोंको थोंचे, घेलाञ्चोक ओडार, धारापानी र नाचे खानेपानी आयोजना तथा  चामेको थान्चोक र बृहत् चामे खानेपानी आयोजनामा क्षति पुगेकाले  मर्मत तथा पुनःनिर्माण गर्नुपर्ने भएको छ भने  ङिस्याङको पिसाङ, घ्यारु, खाङ्सार र ढिकुरपोखरी खानेपानी आयोजनामा पूर्ण क्षति भएको छ । 

 खाङ्सार, ताचै, क्युपार, भ्राताङ, सब्जे र क्युबँेसी सिँचाइ योजनामा बाढीले क्षति पुर्याएकाले ती  योजनाको मर्मतसम्भार र पुनःनिर्माणका लागि पनि मन्त्रालयलाई जानकारी गराइएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ