Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

गुल्मीमा देखियो सापु रोग

By साझासवाल 2 मिनेट पढाइ

<p>असोज १, गुल्मी | गुल्मीमा सेतो पुतलीबाट लाग्ने सापु रोगका बिरामी देखिन थालेका छन् । आँखा उपचार केन्द्र्र गुल्मीबाट हालसम्म चारजना बिरामीलाई रणअम्बिका आँखा अस्पताल भैरहवामा रिफर गरिएको छ ।&nbsp;<br></p><p>तीमध्ये मालिका र गुल्मी दरबार गाउँपालिकाका एक÷एक जना तथा मुसिकोट नगरपालिकाका दुई जना रहेका छन् । सेतो पुतलीको असर हुनेबित्तिकै केन्द्रमा आएकाले आफूहरुले प्राथमिक उपचार गरेर रिफर गरेको आँखा उपचार केन्द्रका नेत्र अधिकृत सूर्यबहादुर बस्नेतले जानकारी दिनुभयो ।&nbsp;</p><p>सम्पर्कमा आएका सात बिरामीलाई भने सिधै भैरहवा जान सुझाव दिइएको केन्द्रले जनाएको छ । अहिले पनि दैनिक तीन÷चार जनाको सङ्ख्यामा सापु रोगको शङ्कामा बिरामी आउने गरेको बस्नेतले जानकारी दिनुभयो । सापुको शङ्का लाग्नेबित्तिकै तत्काल स्वास्थ्य संस्थामा जान अनुरोध गर्दै बस्नेतले र अटेरी गरेमा आँखाको ज्योति नै गुम्न सक्ने बताउनुभयो । रासस&nbsp;&nbsp;</p>