<p><b>असोज १९ , बैतडी।</b> बैतडीको डिलाशैनीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । तीन घाइते भएका छन् ।<br></p><p>साेमबार साँझ चट्याङ खस्दा डिलाशैनी गाउँपालिका-५ खालीबाटा महेश लुहारकाे ज्यान गएकाे प्रहरीले जानकारी दिएकाे छ । मृतकका दाजु अम्बे लुहार, भिनाजु हरिचन्द्र कोली र दार्चुलाकाे शैल्यशिखरका दिपक महर घाइते भएका छन् ।</p><p>मृतक लुहारका श्रीमती र एक छोरा छन् । स्वाखानीबाट भैंसी ल्याउँदै गर्दा चट्याङ खसेकाे स्थानीय मनिराम भुलले जानकारी दिए । सोहि क्रमममा भैंसी पनि चट्याङ लागेर मरेको प्रहरीले जानकारी दिएको छ । </p>
October 5, 2021
बैतडी - BTD, समाज
चट्याङले भाइकाे मृत्यु , दाजु घाइते
By kit
2 मिनेट पढाइ










