चाडपर्वको समयमा बैतडीमा झण्डै चार सय प्रहरी परिचालन

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

असोज २३, काठमाडौँ | बैतडीमा प्रहरीले सुरक्षा योजना बनाएर दशैं तिहारमा प्रहरी परिचालन गरेको छ । चाडपर्वको समयमा हुन सक्ने सम्भावित घटनाहरुको आंकलन गरेर जिल्लाभरी ३८८ प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।

जिल्लाका सबै प्रहरी युनिटबाट  प्रहरी खटाएर दशैं तिहार जस्ता चाडपर्वमा शान्ति सुरक्षा कायम गर्ने काम भइरहेको उनले बताए । चाडपर्वको समयमा राजमार्ग, बजार क्षेत्र र गाउँघरमा गस्ती बढाइएको छ ।

चाडपर्वको समयमा सुरक्षा व्यवस्था चुस्तदुरुस्त पारिएकाले निर्धक्क भएर चाडपर्व मनाउन प्रहरीले आग्रह गरेको छ ।

यस्तै जिल्लाका १० ठाउँमा प्रहरी सहायता कक्ष स्थापना गरिएका छन् भने धार्मिक स्थलहरुको सुरक्षाका लागि तीनवटा टोली खटाइएको छ । यस्तै, मोबाइल गस्ती दुइटा र १७ वटा पैदल गस्ती जिल्लामा खटाइएको प्रहरी निरीक्षक ओझाले जानकारी दिए ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply