2026-09-12 05:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

कर्णालीका युवाको कहर : दसैंको मुखमा काम खोज्दै कालापहाड

असोज २४,जितेन्द्र थापा, काठमाडौँ | खेतमा धानका बाला लहलह झुलेका छन् । चाडबाड सुरु भएसँगै यी बाली अझै शुन्दर देखिएका छन् । विदेशबाट फर्किने दाजुभाइको चहलपहलले गाउँमा रौनक थपिएको छ । गाउँका चियापसल र चोकमा तातो चिया मात्रै होइन तात्तातो राजनीतिक बहस सुरु भएको छ ।  

तर कर्णालीका धेरैजसो गाउँमा अलि भिन्न दृश्य देखिन्छ । यहाँ चाडपर्व मनाउन घर आउनेहरू मात्र छैनन्, यसैबेला गाउँघर छोड्नेहरूको लस्कर पनि लामै छ । स्वदेश फर्किनेको लर्को जत्तिकै लामो लर्को छ रोजगारीका लागि परदेश पस्नेको । दसैंको मुखमा बसपार्क र नेपाल–भारत सीमा नाकाहरूमा आउने–जानेको उस्तै भिड छ । गाउँ फर्कने र छोड्ने दुवैथरीका आफ्नै खुसी र बाध्यता छन् ।

चाडबाडका बेला गाउँ आउनेमा उमंग छ, ठिक विपरित घर  छोड्नेहरूको शीरमा बाध्यताको बोझ छ । कर्णालीका सबैजसो जिल्लामा बेरोजगारी समस्या अधिक छ । देशभित्रकै ठूला सहर र भारतसहित तेस्रो मुलुक नगइ धेरै नागरिकलाई जीवन धान्न मुस्किल छ । त्यसैले मुख्य चाडमा पनि कर्णालीबासी परिवार छोडेर काम खोज्न भारत गइरहेका छन् ।

कोरोना महामारीका कारण पुरै समय काम गर्न नपाएर भारतबाट फर्किएकाहरू चाड भित्रिसक्दा पनि फेरि बाहिरिन थालेका छन् । अहिले भारत हिँडेकाहरू भन्छन, ‘मन त थियो घरआँगनमै रमाएर चाड मनाउने । के गर्नु, गरिबीले यसैबेला कालापहाड लखेट्यो ।’ कर्णालीमा ज्याला मजदुरी गर्न भारत जानुलाई कालापहाड भनिन्छ ।

दैलेख आठबिस नगरपालिका–३ का रमेश बडुवाल गत शनिवार वीरेन्द्रनगरस्थित सिटी बसपार्कमा भेटिए । उनी भारतमा नोकरी गर्न हिँडेका थिए । दसैंको मुखमा घर छोड्नु उनको बाध्यता रहेछ । यसअघि पनि घर खर्च जुटाउन भारत आउजाउ गरिरहने बडुवाल कोराना महामारीले गर्दा दुई वर्षदेखि घरमै थन्किएका रहेछन् । ‘न पकेटमा नगद, न त घरमा खाने गाँस,’ उनले भने, ‘दसैं मनाउने मेसो नभएपछि मन भारी बनाएर घर छोडियो ।’

उनको परिवारले दसैंको मुखमा भारत नजान आग्रह गरेको थियो । बडुवालले भने, ‘परिवारले चाड सकिएपछि जानु भनेका थिए, गोजीमा दुई पैसा नहुँदा मनले घर बस्नै मानेन ।’ उनी भारतको कोटद्वारस्थित एक होटेलमा काम गर्नेगरी जान लागेको बताए । ‘होटेल मालिकले छिटै आउनु भनेर खबर पठाए, मालिकको फोन आएपछि आँगनमा आएका चाड पनि बिर्सिएर जाँदै छु,’ उनले भने, ‘दसैं अर्को साल मनाउँला । कमाइ नगरे परिवारको गर्जो कसरी टार्नु ?’

सीटी बसपार्कमै गाडी पर्खिरहेका थिए दैलेख ठाँटीकाँध गाउँपालिका–२ का सन्तराम विक । उनी निराश देखिन्थे । खुसी हुनु पो कसरी, चाडका बेला घर छोडेर हिँडेका छन् । सन्तराम भारतको हिमाञ्चल प्रदेशको कुल्लु मनाली जाँदै थिए । विगतका वर्षहरूमा पनि उनी ज्याला मजदुरी गर्न त्यहीँ पुग्थे । कोरोना त्रासले फर्किका उनी अहिले फेरि भारत जान लागेका हुन् । घरमा उनको सात जनाको परिवार छ । सन्तरामकै कमाइको भरले खर्च चलाउनुपर्छ । थोरै पाखोबारी छ, त्यसको उब्जनीले तीन महिना खान पुग्दैन । ‘आफूले कमाएर नपठाए घरमा चुल्हो बल्दैन,’ उनी भन्छन्, ‘परदेशिनु मेरो बाध्यता हो ।’ उनले घर परिवारलाई ऋण–सापट गरेर भए पनि दसैैं मनाउन सुझाएर आफू हिँडेको बताए ।

कर्णालीका युवाहरू खासगरी खेतीपातीको काम सकेर भारत जान्थे । अलिअलि कमाइ गरेर दसैं–तिहार जस्ता ठूला पर्वमा फर्किन्थे । कोरोना महामारीका कारण धेरैले पछिल्लो समय भारत पुग्न बित्तिकै काम छोडेर फर्कनु प¥यो । लामो समय गाउँमै बेरोजगार बसे । आर्थिक अभावले अहिले उनीहरू घर फर्कनुपर्ने सिजनमा भारत पस्न थालेका हुन् । प्रहरीका अनुसार कर्णालीको मुख्य नाका बबई भएर भित्रिने र बाहिरिनेको संख्या बराबरी जस्तै छ । भारतबाट दैनिक फर्कने एक सय हाराहारीमा छन् भने उता जानेको संख्या पनि ५० भन्दा बढी छ ।

कर्णालीका हजारौं युवाको जीवनको उर्जाशील समय भारतमा ज्यालामजदुरी गरेर बित्छ । यकिन तथ्यांक नभए पनि कर्णालीका करिब एक लाख मानिस भारतका विभिन्न शहरमा रहेको अनुमान छ । तीमध्ये सबैजसो कामको खोजीमा गएका हुन् । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस