<p>कात्तिक ९, बैतडी | भिरबाट लडेर बैतडीमा एक जनाको मृत्यु भएको छ । पाटन नगरपालिका–६ पैर्यौडा बस्ने ३८ बर्षीय दमनराम पहरीको भिरबाट लडेर ज्यान गएको हो । पहरीको शव स्थानीय गोइडा खोलामा मंगलबार बिहान फेला परेको इलाका प्रहरी कार्यालयका पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए । <br></p><p>सोमबारदेखि नै घर नआएका पहरीको शव खोलामा डुबेको अवस्थामा फेला परेको हो । स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । पहरीको टाउको चोट लागेकाले लडेर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरी निरीक्षक शाहीले बताए । </p><p>उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । </p>
October 26, 2021
बैतडी - BTD, समाज
भिरबाट लडेर एक जनाको मृत्यु
By साझासवाल
2 मिनेट पढाइ










