२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुस्ताङ्ग - MST

मुस्ताङमा भएको वर्षाबारे विश्वको चासो

२०७८, १५ कार्तिक सोमबार १४:०६

कात्तिक १५, पोखरा | अहिले जलवायु परिवर्तन र त्यसको असरबारे छलफल गर्न स्कटल्यान्डको ग्लास्गो सहरमा राष्ट्र संघीय जलवायु सम्मेलन (कोप–२६) जारी छ । 

सम्मेलनको सुरुमै नेपालको हिमाली क्षेत्रमा आएको मौसमी उतारचढावबारे चासो दिइएको छ । बेलायती सांसद तथा कोप–१६ सम्मेलन प्रमुख आलोक शर्माले मुस्ताङमा जलवायु परिवर्तनको असर बिस्तारै बढेको बताए । ‘नेपाल गएको बेला म मुस्ताङ सदरमुकाम जोमसोम पुगेको थिएँ । त्यहाँका नागरिकहरूसँग कुरा गरेको थिएँ,’ सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘मैले गरेको कुराकानीमा त्यहाँका नागरिकले जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव पारेको अनुभव सुनाएका थिए । मैले त्यो महसुस गरेको थिएँ ।’

कागबेनी नेपालकै सबैभन्दा कम पानी पर्ने क्षेत्र हो । कागबेनी नजिकको जोमसोम स्टेसनमा सन् २०२१ को पहिलो ८ महिनामा ५ सय ६४ मिलिमिटर पानी परेको तथ्यांक छ । अघिल्लो वर्ष सन् २०२० भरीमा यहाँ ४ सय मिलिमिटर मात्रै परेको थियो । एक वर्षकै बीचमा १ सय ६४ मिलिमिटर बढी वर्षा भएको छ । 

गण्डकीको सबैभन्दा उचाइमा रहेको स्टेसन छोसेरमा पनि यो वर्ष पहिले भन्दा बढी वर्षा भयो । अघिल्लो वर्ष ५ सय ६८ दशमलव ९ मिलिमिटर पानी परेकोमा यो वर्ष ६ सय १६ दशमलव ९ मिलिमिटर वर्षा भएको जल तथा मौसम विभागअन्तर्गत पोखरा कार्यालयले जनाएको छ । मनाङको हुम्डेमा सन् २०२० मा ५ सय २८ दशमलव ९ मिलिमिटर पानी परेकोमा यो वर्षको ८ महिनामा ६ सय ६८ मिलिमिटर पानी परिसकेको छ ।

मुस्ताङमा खडेरी र बाढीले गर्दा रैथाने नागरिकहरू विस्थापित हुने जोखिममा रहेको विश्व सम्मेलनमा सम्बोधन गर्दै शर्माले सुनाए । उनको उक्त वक्तव्यले विश्वको ध्यान तानेको छ । 

मुस्ताङ र मनाङ लगायत हिमाली क्षेत्रमा आजभोलि अत्यधिक वर्षा हुने गरेको छ । त्यसैले स्थानीयले दैनिकी फेर्न थालेका छन् । माटोको छानामाथी उनीहरूले जस्ताले छोपेका छन् भने कतिपयले कंक्रिटका घर बनाएका छन् । स्थानीयलाई यो सबै जलवायु परिवर्तनका कारण भएको महसुस छ ।

राष्ट्रपति विद्याावी भण्डारीले सोमबार मनाङ पुगेर जलवायु परिवर्तनको असर बढ्दै गएको बताइन् । ‘गत महिनाहरूमा जुन खालको तहसनहस भयो, वास्तवमा यो त पानी कम पर्ने जिल्ला हो । यो जिल्लामा पानी परेन मात्रै, बाढी र पहिरो ल्यायो । कतिपय बस्तुहरू बगाएर लग्यो । अपूरणीय क्षति भएको छ,’ उनले भनिन्, ‘यो अनुसन्धानको विषय हो । विश्व समुदायको ध्यान जानु आवश्यक छ । ठूला शक्ति राष्ट्रको ध्यान जानु आवश्यक छ । हामीबाट पनि कुनै गल्ती गर्नु हुँदैन ।’ 

उनले मनाङको विकासका लागि उच्चस्तरीय भ्रमणको आमन्त्रण गर्नुपर्ने बताइन् । असार १ गते मनाङमा बाढी आएर मस्याङदी किनारका सुन्दर बस्तीहरू बगाएको थियो । स्थानीयहरू अझै त्रिपालमुनि दैनिकी कटाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ