पढ्न करिब 1 मिनेट लाग्छ

पुस २, काठमाडौँ | टिपरले ठक्कर दिएर मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सप्तरीको बलान बिहुल गाउँपालिकाको वडा नम्बर २ दिघिया गाउँका ६५ वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार यादव र ७ वर्षीय नाती अभिषेक यादव रहेका छन्।

एकै परिवारका तीन जनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको वडा अध्यक्ष बिरेन्द्र गोइतले बताए। इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी डा. तपन दाहालको अनुसार यी तीनसहित चार जना प्रदेश २-०१-००२प २६८२ नम्बरको मोटरसाइकलमा सबार भएर घरतर्फ आउने क्रममा सिरहाको लहान ३ स्थित लहान–ठाडी सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स.१क २६२ नम्बरको टिपरले ठक्कर दिएको थियो।

त्यस्तै तीन जनाको मृत्यु भएको र १ जना बच्चा घाइते भएका छन्। मृतकको तीनै जनाको शव पोष्टमार्टमका लागि लहानमै राखिएको र एकै पटक तीनजनाको संस्कार गरिने स्थानीयले बताएका छन्।