<p><b>पुस १५, काठमाडौँ | </b>सप्तरीको तिरहुत गाउँपालिका–३ मा आज भएको आगलागीबाट रु दश लाखभन्दा बढीको क्षति भएको छ । <br></p><p>स्थानीयवासी हेमनारायण साफीको घर र किराना पसल तथा मेडिकल ल्याब रहेको अर्को घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा सो क्षति भएको हो । आगलागीबाट औषधि, दुई गोरु, पाँच बाख्रा, ल्यापटप, साइकल, अन्न, लत्ताकपडालगायतका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयवासी र प्रहरीले आगो निभाएका थिए ।</p>
December 30, 2021
सप्तरी - SPT, समाज
आगलागीबाट दश लाखको क्षति
By kit
1 मिनेट पढाइ










