Skip to content
Friday, July 17, 2026 Nepali Online Media

८ वर्ष अगाडी मुक्त गरीएका हलिया अझै परिचयपत्र पाउनबाट बन्चित

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

नरी बडु | भदौ ७, बैतडी | नेपाल सरकारले ८ वर्ष अगाडी अर्थात ०६५ भाद्र २१ गते मालिकको दास बनेर बसेका हलियाहरुलाई मुक्तको घोषणा गरेपनि अधिकासं हलियाहरुले अझै हलिया परिचयपत्र पाएका छैनन् ।

गाँउगाँउमा गएर उकिन तथ्याङ्क संकलन नगरिदा सुदूरपश्चिमका मुक्त हलियाहरु परिचयपत्र पाउनबाट बन्चित भएका हुन् ।

सुदूर र मध्य पश्चिमका १२ वटा जिल्लाहरुमा जम्मा १९ हजार ६९ मुक्त हलियाहरु छन् । तिनिहरुमध्ये अहिलेसम्म ११ हजार ९ सय ७२ जनाले माक्त हलिया परिचयपत्र पाएका छन् ।

प्रारम्भिक तथ्याङ्क अनुसार ७ हजार ९५ जनाले हलिया परिचयपत्र नपाएको देखिएपनि अझै गाँउमा थुप्रै हलियाहरुको एकिन तथ्याङ्क आउन सकेको छैन् ।

२०७० सालमा मुक्त हलिया पुर्नस्थापन सम्बन्धि ३ वर्षे रणनिति र गठन आदेश जारी, केन्द्र र जिल्लामा पुर्नस्थापन समितिहरु गठन लगायत पुर्नस्थापन कार्यको सुरु हुदाँ समेत अझै अधिकासं हलियाहरुले आफु हलिया भएको प्रमाणपत्र नपाएको गुनासो गरेका छन् ।

“आफुसंगैका हलियाहरुले परिचयपत्र पाए, आफुले ३ पटक हलिया महासंघ, जिल्ला मालपोत र नगरपालिका लगायतका निकायमा निवेदन दिसक्दा समेत पाएको छैन्” बैतडीको दशरथचन्द नगरपालिका १ बाल्लेकका पार्वती भुलले भने ।

बैतडीमा मात्रै ४ सय ५९ जनाले परिचयपत्र पाएका छैनन् । नेपाल सरकारले मुक्तको घोषण गरेपनि पुर्नस्थापना नगर्दा आफुहरुले फेरी मालिकको सरण पर्न बाध्य हुने अवस्था आउने जिल्लाको दुुर्गाभवानी गाविस ४ का मुक्त हलिया देवराम वडको भनाई छ ।

सुदूर तथा मध्य पश्चिमका अधिकासं ठाँउहरुमा रहेका मुक्त हलियाहरुले अझै हलिया मुक्तको परिचयपत्र पाउन नसकेकाले याथार्त तथ्याङ्क संकलनका लागि पहल गरीरहेको हलिया महासंघका केन्द्रिय अध्यक्ष राजुराम भुलले बताए ।

भुलका अनुसार सुदूरपश्चिमका ९ वटै जिल्ला र मध्य मश्चिमका जाजरकोट, सुर्खेत र हुम्ला लगायतका जिल्लामा अझै अधिकासं मुक्त हलियाहरुले परिचयपत्र पाएका छैनन्  भने धेरैजसो हलियाहरुको तथ्याङ्क समेत संकलन गर्न सकिएको छैन् । २०६५ साल भन्दा अगाडी हलियाहरुले मालिकको घरमा हलो जोत्ने, खेतबारी खन्ने लगायतका विभिन्न कामहरु गर्ने गर्दथे ।