Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कपिलवस्तुमा ट्र्याक्टर पल्टिदा दुईको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस २०, काठमाडौँ | </b>कपिलवस्तुमा ट्र्याक्टर पल्ँिटदा दुईजनाको घटनास्थलमा मृत्यु भएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका–३ रनगाईमा लु४त २४०२ नंको ट्र्याक्टर आज बिहान&nbsp; दुर्घटना भएको थियो ।&nbsp;<br></p><p>बालुवा लोड गर्न मजदुर लिएर हिँडेको ट्र्याक्टर सडकदेखि करिब २० मिटर तल खसेको थियो । मृत्यु हुनेमा स्थानीयवासी ४८ वर्षीया शिवकुमारी थारू र १६ वर्षीया फुलकुमारी थारू रहेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ । यसैगरी, घाइते हुनेमा बलराम सुनार, कृष्ण विक, सरिता थारू र सीमा थारू रहेका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।&nbsp;</p><p>तीव्र गतिका कारण ट्र्याक्टर दुर्घटना भएको हुनसक्ने इलाका प्रहरी कार्यालय गोरुसिङ्गे प्रहरी निरीक्षक लीलाराम आचार्यले बताउनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।</p>