पुस २५, हुम्ला । खाद्यान्न आपूर्तिमा ढिलाइ हुँदा हुम्लाका खाद्य डिपोहरू रित्तिएका छन् । हुम्लाको सर्केगार्ड, श्रीनगर, ताजाकोट चङ्खेली, याङचु र याल्वाङमा पनि चामल छैन । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २५, हुम्ला । खाद्यान्न आपूर्तिमा ढिलाइ हुँदा हुम्लाका खाद्य डिपोहरू रित्तिएका छन् । हुम्लाको सर्केगार्ड, श्रीनगर, ताजाकोट चङ्खेली, याङचु र याल्वाङमा पनि चामल छैन । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी"/>

2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रित्तिए हुम्लाका खाद्य डिपो

पुस २५, हुम्ला । खाद्यान्न आपूर्तिमा ढिलाइ हुँदा हुम्लाका खाद्य डिपोहरू रित्तिएका छन् । हुम्लाको सर्केगार्ड, श्रीनगर, ताजाकोट चङ्खेली, याङचु र याल्वाङमा पनि चामल छैन । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्थापना गरेका ग्रामीण क्षेत्रका खाद्य डिपोहरूमा चामल नहुँदा स्थानीयवासीलाई महँगोमा चामल किन्नुपर्ने बाध्यता भएको छ । गाउँका खाद्य डिपो खाली भएपछि बजारको महँगो चामल खरिद गरी उपभोग गर्नुपरेको स्थानीयवासीको भनाइ छ । 

लिमिटेड शाखा कार्यालय हुम्लाले हिन्दूहरुको महान पर्व दसै तिहारको अवसरमा खाद्यान्न बिक्री वितरण गरेपछि ती खाद्य डिपोहरू रित्तिएका हुन् । चालु आर्थिक वर्षको पाँच महिना बित्न लाग्दा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न ढुवानी कार्य सुरु हुन सकेको छैन । लिमिटेडको हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीका अनुसार चालु आर्थिक वर्षका लागि हवाई तथा पैदल मार्गबाट ढुवानी हुने गरी २१ हजार पाँच सय क्विन्टल खाद्यान्न कोटा निर्धारण भएको थियो ।

हवाई मार्गबाट ढुवानीका लागि सीता एयरलाइन्सले टेन्डर स्वीकार गरेको छ । हिमपातका कारणले खाद्यान्न ढुवानी गर्न नसकिएको बताइएको छ । चालु आर्थिक वर्षका लागि हुम्लामा २१ हजार पाँच सय क्विन्टल खाद्यान्न कोटा निर्धारण गरिएको भएपनि हालसम्म एक हजार क्विन्टल चामल मात्र प्राप्त भएको लिमिटेडको हुम्ला शाखा प्रमुख अधिकारीको भनाइ छ । 

खाद्य गोदाममा आएको उक्त चामल मृतकका परिवार वा सुत्केरीलाई आपत्विपत् तथा चाडपर्वमा वितरण गरेर बाँकी रहेका चामल विभिन्न पार्टीको अधिवेशनले गर्दा सकिएको थियो । हवाई मार्गबाट नेपालगञ्जदेखि चार हजार क्विन्टल र सुर्खेतदेखि ६ हजार क्विन्टल चामल ढुवानी हुनुपर्नेमा ढुवानी नभएकाले पैदल मार्गबाट श्रीनगर डिपो सर्केगाड डिपोमा आउनुपर्ने चामलसमेत आएका छैनन् ।

उक्त डिपोमा खच्चरबाट आउने खाद्यान्न यस वर्षको हिमपातले गर्दा ढुवानी गर्न नसिकएको बताइएको छ । हुम्ली जनता खाद्यान्न नपाउँदा भोकमारीको चपेटामा परेका छन् । जुनसुकै सरकार आए पनि हुम्लामा खाद्यान्नको अभाव हुनेगर्छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन