Skip to content
Friday, July 17, 2026 Nepali Online Media

राजस्व अनुसन्धानका कर्मचारीलाई अवरोध

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

पुस २६, वीरगञ्ज । बारामा राजस्व छली ल्याइएको सामान नियन्त्रणमा लिन  जितपुर पुगेको राजस्व अनुसन्धान कार्यालय पथलैयाको कर्मचारी टोलीलाई व्यापारीले अवरोध गरेका छन् । आइतबार कार्यालय प्रमुख नारायणप्रसाद मौनालीका नेतृत्वमा कर्मचारी टोली सो स्थानमा पुगेको थियो व्यापारीको अवरोधपछि सो टोली  अनुसन्धान नगरी फर्किएको छ  ।

स्थानीय व्यापारीले अनुसन्धानलाई पूर्ण प्रभाव पार्ने  गरी अवरोध सिर्जना गरेपछि आफूहरु अनुसन्धान नगरी  फर्किन बाध्य भएको  कार्यालय सूचना अधिकारी गौरव पन्थीले  राससलाई जानकारी दिनुभयो ।  गोप्य सूचनाका आधारमा राजस्व छली ल्याइएको सामग्री  कार्यालयको टोली नियन्त्रणमा लिन पुगेको थियो । टोली पुगेपछि स्थानीय हुलहुज्जतसहित व्यवसायीले अनुसन्धानमा अवरोध सिर्जना गरेपछि कर्मचारी अनुसन्धान बिना फर्किएको उहाँले बताउनुभयो  । राजस्व छली भित्र्याइएको विभिन्न सामान नियन्त्रणमा लिन बाराको सिमरा उपमहानगरपालिका जितपुरबजार स्थित केही  गोदाममा  राजस्व अनुसन्धान कार्यालयको टोली पुगेको थियो  ।

राजस्वको टोलीले ती सामान नियन्त्रणमा लिन खोजेपछि केही व्यापारीले अवरोध सिर्जना गरी दुई घण्टासम्म सडक अवरुद्ध पारेका थिए । पछि नेपाली सेनाको टोलीले सडक सुचारु गराएको थियो । घटनामा सम्लग्न व्यसायीलाई कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने कर्याालयले जनाएको  छ । कार्यायका अनुसार जितपुर क्षेत्रको केही स्थानमा राजस्व छली गरी ल्याइएको माल सामान बिक्री वितरण गर्ने गरिएको बताइएको छ ।