भदौ ८, गाईघाट । मानसिक सन्तुलन गुमाएका त्रियुगा नगरपालिका–२ गाईघाटस्थित शान्तिनगरका २८ वर्षीय निर्मल खड्का दुई महिनादेखि आर्थिक अभावका कारण उपचार गराउन नसक्दा घरमै बन्धक बनेका छन् । 

छ महिनाअघिदेखि नै मानसिक असन्तुलन भएका खड्काले दुई महिना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ८, गाईघाट । मानसिक सन्तुलन गुमाएका त्रियुगा नगरपालिका–२ गाईघाटस्थित शान्तिनगरका २८ वर्षीय निर्मल खड्का दुई महिनादेखि आर्थिक अभावका कारण उपचार गराउन नसक्दा घरमै बन्धक बनेका छन् । 

छ महिनाअघिदेखि नै मानसिक असन्तुलन भएका खड्काले दुई महिना"/>

2026-11-01 11:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरका २८ वर्षीय निर्मल उपचार गराउन नसक्दा बन्धनमा

भदौ ८, गाईघाट । मानसिक सन्तुलन गुमाएका त्रियुगा नगरपालिका–२ गाईघाटस्थित शान्तिनगरका २८ वर्षीय निर्मल खड्का दुई महिनादेखि आर्थिक अभावका कारण उपचार गराउन नसक्दा घरमै बन्धक बनेका छन् । 

छ महिनाअघिदेखि नै मानसिक असन्तुलन भएका खड्काले दुई महिनादेखि महिलामाथि हातपात तथा कुटपिट गर्नुका साथै अरुको घरमा ढुङ्गा प्रहार गरेर गालीगलौज गर्न थालेकाले प्रहरीको सहमतिमा गाउँलेले उनलाई घरमा साङ्लोले बाँधेर राखेको खड्काका दाजु राजन खड्काले बताउनुभयो । 

घरको आर्थिक अवस्था कमजोर भएकाले खड्काको उपचार गराउन नसक्दा अरुको सुरक्षाका लागि आफ्नै छारोलाई साङ्लोले बाँधेर राख्नुपरेको खड्काकी आमा देवकीदेवी खड्का बताउनुहुन्छ । 

देवकी भन्नुहुन्छ – “उपचारका लागि भारतको राँची वा काठमाडौँ लान पाए छोराको अवस्थामा सुधार हुन्थ्यो होला तर रु. पाँच लाखभन्दा बढी खर्च लाग्ने कुरा सुनेकाले सो रकम जुटाउन नसक्दा छोरालाई रातदिन साङ्लोमा बाँधेर राख्नुपरेको छ ।” चौबिसै घण्टा बाँधेर राख्दा उसको हातखुट्टामा घाउ भएर रगत आउन थालेको छ । 

छोराको उपचारका लागि देवकीले सबैसँग आर्थिक सहयोग गरिदिन अनुरोध गर्नुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द