2026-09-12 07:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

थारू बस्तीमा माघीको रौनक

पुस ३०,काठमाडौँ | बाँके र बर्दियाका थारू बस्तीमा माघीको रौनक सुरु भएको छ । थारू समुदायको सबैभन्दा ठूलो पर्व माघीको तयारीका लागि समुदायका सबै जुटेका छन् । 

थारू समुदायका युवती अहिले घर लिपपोतका साथै जाँड, ढिक्री, रोटीलगायत सामग्री तयार पार्न व्यस्त रहेका छन्् भने पुरुष माघीका लागि मासुको जोहो गर्न जुटेको थारू कल्याणकारिणी सभा बाँकेका अध्यक्ष विनोद थारूले बताउनुभयो ।

उहाँका अनुसार, थारू समुदायले माघीलाई विशेष पर्वका रूपमा लिने गर्दछन् । माघीकै अवसरमा अर्थात् माघे सङ्क्रान्तिका दिन थारू समुदायमा महत्वपूर्ण निर्णय गर्ने गरिन्छ । 

अधिकांश थारू बस्तीमा माघीका लागि आवश्यक माछा मार्नेलगायत कामको चटारो छ । माघीका लागि जाँड र मासु खानका लागि दुना, टपरी बनाउन थारू युवतीलाई भ्याइ–नभ्याई छ ।

करिब एक हप्तासम्म मनाइने माघी पर्वअन्तर्गत थारू समुदायले विभिन्न क्रियाकलाप गरी मनाउँछन् । माघीकै लागि खानपिनको जोहो केही दिनअघि नै गर्नुपर्ने भएकाले धान कुटाउने, ढिक्री खान पीठो पिसाउने, मासुको व्यवस्था गर्ने, नयाँ कपडा किन्ने, घरआँगन सरसफाइ तथा लिपपोत गर्ने, नाचगानका लागि बाजागाजा तयारी गर्ने काम भइरहेको थारूको भनाइ छ ।  

नयाँ वर्षका रूपमा मनाउने यो पर्वमा थारू समुदायले एकापसमा सद्भाव प्रकट गर्ने गरेको थारू अगुवा एवम् राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारूले बताउनुभयो ।

उहाँले हरेक समुदायको जस्तै थारू समुदायको पनि कला, संस्कृति संरक्षण हुन जरुरी रहेको बताउँदै राप्तीसोनारी गाउँपालिकाले थारूलगायत सबै समुदायलाई समान रुपले सहयोग गर्दै आएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस