2026-11-01 11:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

थारू बस्तीमा माघीको रौनक

पुस ३०,काठमाडौँ | बाँके र बर्दियाका थारू बस्तीमा माघीको रौनक सुरु भएको छ । थारू समुदायको सबैभन्दा ठूलो पर्व माघीको तयारीका लागि समुदायका सबै जुटेका छन् । 

थारू समुदायका युवती अहिले घर लिपपोतका साथै जाँड, ढिक्री, रोटीलगायत सामग्री तयार पार्न व्यस्त रहेका छन्् भने पुरुष माघीका लागि मासुको जोहो गर्न जुटेको थारू कल्याणकारिणी सभा बाँकेका अध्यक्ष विनोद थारूले बताउनुभयो ।

उहाँका अनुसार, थारू समुदायले माघीलाई विशेष पर्वका रूपमा लिने गर्दछन् । माघीकै अवसरमा अर्थात् माघे सङ्क्रान्तिका दिन थारू समुदायमा महत्वपूर्ण निर्णय गर्ने गरिन्छ । 

अधिकांश थारू बस्तीमा माघीका लागि आवश्यक माछा मार्नेलगायत कामको चटारो छ । माघीका लागि जाँड र मासु खानका लागि दुना, टपरी बनाउन थारू युवतीलाई भ्याइ–नभ्याई छ ।

करिब एक हप्तासम्म मनाइने माघी पर्वअन्तर्गत थारू समुदायले विभिन्न क्रियाकलाप गरी मनाउँछन् । माघीकै लागि खानपिनको जोहो केही दिनअघि नै गर्नुपर्ने भएकाले धान कुटाउने, ढिक्री खान पीठो पिसाउने, मासुको व्यवस्था गर्ने, नयाँ कपडा किन्ने, घरआँगन सरसफाइ तथा लिपपोत गर्ने, नाचगानका लागि बाजागाजा तयारी गर्ने काम भइरहेको थारूको भनाइ छ ।  

नयाँ वर्षका रूपमा मनाउने यो पर्वमा थारू समुदायले एकापसमा सद्भाव प्रकट गर्ने गरेको थारू अगुवा एवम् राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारूले बताउनुभयो ।

उहाँले हरेक समुदायको जस्तै थारू समुदायको पनि कला, संस्कृति संरक्षण हुन जरुरी रहेको बताउँदै राप्तीसोनारी गाउँपालिकाले थारूलगायत सबै समुदायलाई समान रुपले सहयोग गर्दै आएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द